भर्खरै :

प्रदेशसभामा चार विधेयक दर्ता

हेटौँडा, ११ चैत (रासस) : प्रदेश नं ३ को प्रदेशसभाको यही चैत १७ गते आइतबार बस्ने हिउँदे अधिवेशनमा छलफलका लागि चार वटा नयाँ विधेयक प्रदेशसभा सचिवालयमा आज दर्ता गरिएको छ ।
प्रदेश भित्रका बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, कर तथा गैरकर राजश्वसम्बन्धी ऐन, २०७५ को संशोधन गर्न बनेको विधेयक २०७५, प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ लाई शंसोधन गर्न बनेको विधेयक दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसैगरी प्रदेशसभाको बर्खे अधिवेशनको बैठकमा सामान्य छलफल भई तीन विधेयक दफावार छलफलका लागि विभिन्न समितिमा पठाइएकाले त्यहाँबाट पूर्ण छलफल भई आगामी हिउँदे अधिवेशनले पारित गर्ने कार्यसूची रहेको प्रदेशसभाका कानून उपसचिव राजेशकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *