भर्खरै :

प्रदेशसभाको हिउँदे अधिवेशन

हेटौंडा, १८ चैत । नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ को प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले सोमबारको प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा बारा र पर्सा जिल्लामा विनाशकारी हावाहुरीको कारण धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्नुका साथै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पीडित जनताको निम्ति आवश्यक बन्दोबस्त गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले भूकम्प, बाढीपहिरोका क्रममा भैmँ यतिखेर पनि सरकारसँग संवेदनशीलता, पूर्वतयारी या उच्च सतर्कता नभएको प्रस्ट भएको बताउनुभयो ।
“जनताको जीउ–धन जोगाउन सरकार गम्भीर नभएको यो पछिल्लो दृष्टान्त हो । सरकारको परीक्षा प्राकृतिक विपत्तिको क्रममा पनि हुनेबारे होशियारी अपनाउन हामी ध्यानाकर्षण गराउँदछौँ ।”, सांसद गोसाईले भन्नुभयो ।
प्रदेश २ को एसईई मर्यादित बनाउन सरकार असफल भएको चर्चा गर्दै सांसद गोसाईले प्रदेश नं २ मा परीक्षा पूर्णरूपमा स्थगित हुने स्थिति तयार हुनु देशकै लागि लज्जाको विषय भएको बताउनुभयो ।
वर्तमान सरकार साम्राज्यवादी तथा विस्तारवादी शक्तिसामु झुक्दै गइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संरा अमेरिकी सरकारले रु. ५६ अर्बको आर्थिक सहयोग गर्ने प्रलोभन देखाई विभिन्न पूर्वसर्त अगाडि सा¥यो । त्यो सहयोग नेपालले प्राप्त गर्न आÇनो सार्वभौमिकता रक्षा गर्न सङ्घर्ष गर्दै समाजवादको झण्डा फहराइरहेको एसियाली मुलुक प्रजग कोरियाविरुद्धको नाकाबन्दी समर्थन गर्नुपर्ने र छिमेकी देश चीनबाट अवैध ढङ्गमा नेपाल प्रवेश गरेका तिब्बतीहरूलाई चीन फिर्ता पठाउन नहुने दुई वटा सर्त अघि सा¥यो । यो हाम्रो देशको आन्तरिक तथा परराष्ट्र मामिलामाथि ठाडो हस्तक्षेप हो । यो सर्त नेपालप्रतिको संरा अमेरिकी हेपाहा नीतिको एउटा प्रमाण हो ।”
बैठकमा प्रदेश बालबालिकाको अधिकार विधेयकमाथि भएको छलफलमा भाग लिंदै नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सांसद सृजना सैंजूले समाजवादतिर लम्किरहेको दाबी गर्ने सरकारले गर्भदेखि चिहानसम्मको दायित्व बहन गर्न तयार हुुनुपर्ने विचार राख्नुभयो । स्थानीय तहका वडा–वडामा शिशुशाला तथा बालोद्यान, निःशुल्क शिक्षा, सुरक्षित वातावरण आदिको बन्दोबस्तबिना बालबालिका अधिकार सम्पन्न भएको मान्न नसकिने उहाँले बताउनुभयो ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन संशोधन विधेयकमाथि भएको छलफलमा सांसद सैंजूले प्रदेश सरकार अनुत्पादक क्षेत्रमा खर्च गरी ढुकुटी रित्याउनतिर केन्द्रित भएको चर्चा गर्नुभयो । जनतालाई प्रत्यक्ष राहत मिल्ने र प्रदेशको विकासमा गतिविधि अगाडि बढाउन असफल सरकार सेवा सुविधा बढाउन भने अत्यन्त चनाखो भएको उहाँको भनाइ थियो ।
कर तथा गैरकर राजस्वसम्बन्धी ऐन संशोधन विधेयकमाथि भएको छलफलमा सांसद सैंजूले प्रगतिशील कर प्रणाली लागू गर्नुपर्ने र सर्वसाधारण जनतामाथि करको भार थोपर्न नहुने विचार व्यक्त गर्नुभयो ।
प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारबाट सुरु भएको थियो । हिउँदे अधिवेशनअन्तर्गत पहिलो बैठकमा प्रदेश राजधानीको विषयमा राजनीतिक दलका नेताहरूले जोडदार रुपमा आवाज उठाएका थिए । राजधानीबारे निर्णय गर्न कुनै तत्परता नदेखाएकोमा सत्तारुढ दल र प्रदेश सरकारको चर्को विरोध सांसदहरूले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *