भर्खरै :

सम्पदा संरक्षण सबैको जिम्मेवारी

भक्तपुर, १९ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार भनपा वडा नं. ६ चोछेँस्थित मरुचा पाटी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले विदेशी संघ–संस्थाको सहयोगको भरमा देशको दिगो विकास सम्भव नहुने बताउनुभयो ।
भक्तपुरका सांस्कृतिक सम्पदा संरक्षण कार्य अरु ठाउँको तुलनामा व्यवस्थित भएको बताउनुहुँदै प्रमुख प्रजापतिले नगरलाई सफा बनाउन नगरबासी सचेत हुनुपर्ने र नगरपालिकाको काममा रचनात्मक साथ र सहयोगको आवश्यकता औंल्याउनुभयो ।
भक्तपुरको ऐतिहासिक रानी पोखरी जीर्णोद्धार वा पुनःनिर्माण गरी संरक्षण गर्नु भक्तपुर नपाले आफ्नो दायित्व ठानेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरका थुपै्र मठ मन्दिरहरू मौलिक शैलीमै जीर्णोद्धार तथा पुनःनिर्माण भइसकेको र कयौं सम्पदाहरु जिर्णोद्धार भइरहेको जानकारी गराउनुभयो ।
भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले स्थानीय उपभोक्ता समिति र अमानवताबाट हुने विकास निर्माण कम लागतमा गुणस्तरीय हुनुका साथै स्थानीयलाई रोजगारको अवसर सृजना हुने बताउनुभयो ।
उहाँले वडामा भइरहेका गतिविधिहरूबारे जानकारी दिंदै स्थानीय जात्रा सञ्चालनको लागि आर्थिक सहयोग पनि वडाले उपलब्ध गराउँदै विचार राख्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैया सुवालले सांस्कृतिक सम्पदाहरू हाम्रो पहिचान भएको हुँदा त्यसको संरक्षण गर्नुपर्ने र नगरभित्र उपभोक्ता समितिमार्फत् गुणस्तरीय ढुंगा छपाइका कार्यहरू अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवाल, स्थानीय शिक्षक गणेशराम सुवालले पनि बोल्नुभएको थियो ।
उपभोक्ता समितिका अध्यक्ष तुल्सीनारायण सवुालले मरुचा पाटी ६ सय वर्ष पुरानो देखिन आएको र टोलका मूर्तिहरूको संरक्षण÷सम्बद्र्धनमा सम्बन्धित निकायको ध्यान जान आवश्यक भएको बताउनुभयो । उहाँले पाटी पुनःनिर्माणमा कूल लागत १७ लाख ६८ हजार ८ सय ६२ रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *