भर्खरै :

महिला क्रिकेट लिग जेठमा

काठमाडौँ, २८ चैत (रासस)ः यही चैत अन्तिमदेखि शुरु हुने तय भएको महिला क्रिकेट लिग आगामी जेठमा हुने भएको छ । आयोजक ‘क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालि’द्वारा आज जारी विज्ञप्ति अनुसार प्राविधिक कारणले प्रतियोगिता आगामी जेठमा सारिएको हो । अब उक्त प्रतियोगिता अगामी जेठ ३ देखि ११ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । यसअघि उक्त प्रतियोगिता यही चैत २२ देखि ३० गतेसम्म हुने मिति तय भएको थियो । प्रतियोगितामा पाँच शहरका पाँच टोलीले भाग लिने छन् । प्रतियोगिताका सहभागी टोली, मार्की खेलाडी र टोलीको लोगो शुक्रबार सार्वजनिक गरिने आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *