भर्खरै :

वीरगञ्जमा चैते छठ रौनक

सरोज साह
वीरगञ्ज, २८ चैत । वीरगञ्जस्थित घडिअर्वा पोखरीमा स्थानीयहरूले धुमधामका साथ छठ पर्व मनाइरहेका छन् ।
कार्तिक र चैत महिनामा गरी वर्षमा दुईपटक छठ पर्व मनाउने चलन छ । छठ पर्व विशेषतः तराईका हिन्दू महिलाहरूले मनाउने पर्व हो । तर हिजोआज यो पर्वलाई अन्य धर्मकाले पनि मनाउन थालेका छन् । ‘छठी माता’ रिसाउला भन्ने विश्वासले यो पर्वमा बाल–बच्चादेखि ज्येष्ठ नागरिकसम्मले कुनै आलोचना गर्ने गरिँदैन ।
गएको मङ्गलबार व्रतालु महिलाहरूले नुहाएर खाए भने दोस्रो दिन (बुधबार) राती खरना (राती रोती र खिर खाने) गर्छन् । खरना गरेपछि छठ नसकेसम्म जलसमेत व्रतालु महिलाहरूले खाँदैनन् । खरनाका भोलिपल्ट ठेकुवा, कसार, केरा, नरिवल, उखुलगायतका सामग्रीहरू बाँसको टोकरीमा राखेर बोकी नजिकको खोला अथवा पोखरीहरूमा अस्ताउँदै गरेको सूर्यलाई अरक दिने गर्दछ र अन्तिम दिन (शुक्रबार) उडाउँदै गरेको सूर्यलाई अरक दिएर यो पर्व समापन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *