भर्खरै :

यू–१९ विश्वकप छनोट ः नेपालद्वारा सिङ्गापुर पराजित

काठमाडौँ, २९ चैत (रासस)ः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरमा नेपालले सिङ्गापुरलाई २८३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको सिङ्गापुरले ३१ ओभरमा सवै विकेट गुमाउँदै ६५ रन बनायो । सिङ्गापुरका इशान स्वानीले सर्वाधिक २८ र साइ भेनु गोपालले १८ रन बनाए । बलिङतर्फ नेपालका पवन सर्राफले तीन, कुशल मल्ल र सूर्य तामाङले दुई÷दुई तथा राशिद खानले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सवै विकेट गुमाई २८२ रन बनाएको थियो । नेपालले १८ रन जोड्दा दुई विकेट गुमाएको थियो । कप्तान रोहितकुमार पौडेल र पवन सर्राफले ९० रनको साझेदारी गरी नेपाललाई सम्मानजनक स्कोरसम्म पु¥याएका थिए । रोहितले ९५ रन तथा पवनले ४७ रन बनाए । राशिद खानले ४८, कमलसिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रन बनाए । बलिङतर्फ सिङ्गापुरका लागि आथर्भा गुनेले चार, राहुल शर्मा र बिनित मेहेताले दुई÷दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *