किन बन्द भए घरेलु उद्योग ?
- बैशाख ११, २०८१
सिद्धिचरण श्रेष्ठ
पात पुराना झरिरहेका देख्दैनौँ ती वृक्ष नयाँ
हरिया लहलह चिडिया चहचह ल्याउन सरस बसन्त यहाँ
रीत पुराना झार्ननिमित्त हामी पनि आतुर टम्म
खोजेथ्यौँ जुन युग–युगसम्म पनि यहाँ लटरम्म
वर्ष नयाँको वाहनमाथि हाम्रो जीवन अब बढ्छ
बढ्नु छ खालि चिनेर, त्यो सुन्दर लक्ष्य पुगिन्छ
आपसबीचको छिछलो–खिचलो हट्दै जान्छ अब साथी !
टेकिरहेछौँ अहिले हामी जाग्रत उन्नत युगमाथि
मनको बाघदेखि डराई गर्छौँ ता अब पनि बेर
ठगिनेछौ है, छकिनेछौ है, पहिले–पहिले झैँ हेर
रञ्चे अड्को, पिञ्चे बाधा हाम्रो लागि क्यै होइन
आइसक्यो नौलो युग नै छैन कतै शड्ढा रै’न
पुर्खाहरुको आशा, सपना साकार हुने यो चाड
नचिनी, नबुझि खेर नफालौँ, गरौँ यसको सत्कार ।
Leave a Reply