भर्खरै :

श्रद्धाञ्जली एक बौद्ध भिक्षु अश्वघोषप्रति !

न्हुछेरत्न बुद्धाचार्य
हिमशिखरको काखमा रहेको
यो पुण्त्ूमिका एक चेतनशील बौद्ध भिक्षु
कर्तव्यनिष्ठ, मिलनसार व्यक्तित्व भएका
यो ज्ञान भूमिका एक चम्किलो तारा !
बौद्ध धर्ममा सात दशकभरि
सेवा गरेर
सामाजिक परिवर्तनको
लागि सशक्त बौद्ध विद्वान
कहलिएका
जीवनको हरेक मोडमा रतिभर नथाकी
जनसेवामा नै आफ्नो जीवन अर्पण गर्ने
प्रतिभाशाली बौद्ध भिक्षु अश्वघोष !
तिम्रो लगनशीलता, तिम्रो इमानदारिता
मानवताको एक नमुना हो
तिमीले देखाएका मानव सेवाका रेखाहरू
कोर्नेछन् भोलिका भविष्यका कर्णधारहरूले
तिम्रो सेवा, तिम्रो तपस्या ।
यो मातृभूमिको लागि एक पथ प्रदर्शक हो
सदियौँदेखि अँध्यारो पथमा
जीवनभर ज्ञानको प्रज्ञा प्रज्ज्वलन
केवल सामाजिक सेवाको लागि
तर,
यो अनित्य संसारमा
एउटा मानव समयसँगै हुर्कदै रोगव्याधिले घेरिएर
एकदिन यो नश्वर शरीरको मृत्यु वरण हुन्छ
सायद यो प्रकृतिको नियम
अनि तिम्रो अमर आत्माले
प्रत्येक धर्मका चिन्तकहरूलाई प्रेरणा दिनेछ
जनसेवा नै मानव धर्म हो
आज तिम्रो यादमा हामी शोकाकुल छौँ
दिवंगत आत्माको चिरशान्तिको कामना गरी
हाम्रो यो श्रद्धा सुमन
तिमीलाई यो धरतीमा सधैँ सम्झिरहनेछन्
तिमी यो आकाशमा ज्ञानको ताराझैँ सधँै चम्किरहने छौ ।
(बौद्ध दर्शन अध्ययन समाज भक्तपुरद्वारा आयोजित स्मृति सभामा चैत २८ गते वाचन गरिएको श्रद्धाञ्जली कविता )

Leave a Reply

Your email address will not be published. Required fields are marked *