भर्खरै :

फेन्सिङमा आर्मी च्याम्पियन

नेपालगञ्ज, १ वैशाख । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङमा आर्मी टीम च्याम्पियन बनेको छ । ६ स्वर्ण, ४ रजत र ५ कास्य जित्दै आर्मी समग्रमा च्याम्पियन बनेको हो । दोस्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कास्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कास्यसाथ प्रदेश ३ ले तेस्रो स्थानमा चित्त बुझायो ।
प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले २ रजत र सुदूरपश्चिम प्रदेशले १ काँस्य हात पार्दै क्रमशः चौथोदेखि छैटौं स्थानमा यात्रा टुङ्ग्याए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
नेपालगञ्ज रङ्गशालाको कभर्डहलमा चैत २८ गतेदखि सुरु प्रतियोगतामा १ सय २९ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *