भर्खरै :

भेनेजुयलामाथि हमला गर्ने तयारी गर्दै ट्रम्प प्रशासन

संयुक्त राष्ट्र सङ्घ, १७ अप्रिल । संयुक्त राष्ट्र सङ्घका लागि भेनेजुयाली राजदूत समुयल मोन्काडाले भेनेजुयलामािथ हमला गर्न ट्रम्प प्रशासनले गोप्य बैठक गरिरहेको भन्दै संरा अमेरिकी कदमप्रति कडा विरोध जनाएका छन् ।
वासिङ्टन डीसीस्थित रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रमा अप्रिल १० का दिन भेनेजुयलामाथि सैनिक हस्तक्षेपमाथि केन्द्रित गुप्त छलफल भएको खबर सार्वजनिक भएको थियो ।
त्यस्तै संरा अमेरिकी रिपब्लिकन सांसद तथा २०२० को राष्ट्रपति निर्वाचनका एक प्रत्यासी तुल्सी गाबार्डले पनि ट्रम्प मण्डलीले भेनेजुयलामाथि हमलाको तयारी गरिरहेको बताएकी थिइन् ।
मङ्गलबार एमएसएनबीसीसितको अन्तर्वार्तामा ट्रम्प प्रशासनभित्र राष्ट्रपति डोनाल्ड ट्रम्प ‘नव युद्ध पिपासुहरू’ बाट घेरिएका र भेनेजुयलामाथिको आक्रमणले समग्र दक्षिण अमेरिकामै पनि दुर्भाग्यपूर्ण असर पु¥याउने जाँदाजाँदै पनि ट्रम्प मण्डली आक्रमणको तयारीमा जुटेको स्पष्ट पारेकी थिइन् ।
सांसद गाबार्डले ट्रम्प मण्डली भित्रका युद्धपिपासुहरूको कदमले संरा अमेरिकालाई खरबौँ डलरको भार बोकाउने र संरा अमेरिकालाई थप असुरक्षित पार्ने पनि बताइन् ।
भेनेजुयाली राजदूत मोन्काडाले भने संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘भेनेजुयलालाई मुक्त गरेको’ जस लिन युद्धको तयारी गरिरहेका छन् तर उनले थालेको आर्थिक प्रतिबन्धहरू र सैनिक आक्रमणबाट हुने हत्याका लागि उनी दोषी सावित हुनेछन् ।
भेनेजुयलामाथि आक्रमणको लागि भएको षड्यन्त्रपूर्ण बैठकका बारेमा द ग्रे जोन अनलाइन पोर्टलका पत्रकार म्याक्स बलुमेन्थनलले सार्वजनिक गरेका थिए ।
उक्त बैठकमा १९९० को दसकमा निकारागुआमा कोन्ट्रा गृहयुद्ध चर्काउन भूमिका निभएका इलियट अब्रान्सलगायत कथित गैरनाफामूलक गैरसरकारी सङ्गठनका मानिसहरूको सहभागिता रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *