भर्खरै :

सहिद स्मृति कप व्याडमिन्टन चालू

कीर्तिपुर, ५ वैशाख । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा सञ्चालित एघारौँ सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता चालू छ । बिहीबार भएको पहिलो चरणअन्तर्गतको खेलमा सुशील पौडेल र सन्तोष पन्तको (कीर्तिपुर) जोडीेले लक्ष्मीभक्त महर्जन र बेनगोपाल महर्जनको (कीर्तिपुर) जोडीलाई २१—१९ र २१—१२ र २१—१०, प्रमोद महर्जन र सुमन महर्जनको जोडीेले (चन्द्रागिरी) तारा ओली र ऋषि शर्माको (कीर्तिपुर) जोडीेलाई २१—०८ र २१—१५ सोझो सेटमा पराजित गरेका थिए । चन्दन महर्जन र राजमान महर्जन (कीर्तिपुर) जोडीले विनोद महर्जन र लक्ष्मन महर्जनको (चन्द्रागिरी) जोडीलाई २१—१४ र २१—१० ले पराजित गरी विजयी सुरुआट गरेको थियो । विष्णु महर्जन र जयराम महर्जनको (कीर्तिपुर) जोडीले वाकओभर पाएको छ ।
प्रतियोगिता जनसेवा माविमा वैशाख १४ गतेसम्म हरेक दिन बिहान ६.३० बजे सञ्चालन हुनेछ । कीर्तिपुर क्षेत्रबाट सहादत वीर सहिदहरू लनबहादुर महर्जन, राजमान माली, हिराकाजी महर्जन र राजेन्द्र महर्जनको सम्झनामा हरेक वर्ष युवा खेलकुद समूहद्वारा खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *