भर्खरै :

राजकुमार र सविन सेमिफाइनलमा

कीर्तिपुर, ९ वैशाख । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा सञ्चालित एघारौं सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता चालू छ । सोमबार राजकुमार पोखरेल र सविन श्रेष्ठ (चन्द्रागिरी) सेमिफाइनलमा प्रवेश गरेका छन् । मङ्गलबार अन्तिम क्वाटरफाइनल खेलहरू हुनेछन् ।
सोमबार भएको खेलमा राजकुमार र सविनको जोडीले पुष्प र पवनको जोडीेलाई १८—२१ र २१—१२ र २१—१८ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसैगरी आज भएको प्रमोद र सुमन (चन्द्रागिरी) जोडीले मनोज र रविनको (कीर्तिपुर) जोडीलाई २१—१५ र २१—१२ले र सुरज र दिनेशकोे (कीर्तिपुर) जोडीेले सुशील र सन्तोष (कीर्तिपुर) जोडीलाई १७—२१ , २१—१८ र २१—१०ले पराजित गरी अन्तिम आठमा प्रवेश गरेका छ ।
सेमिफाइनल खेल वैशाख ११ गते बुधबार हुनेछ । फाइनल तथा पुरस्कार वितरण वैशाख १४ गते शनिबार हुने आयोजकले जनएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *