भर्खरै :

सिद्धान्तहीन पार्टीबारे जनतालाई सचेत पार्नु आवश्यक

प्रेम सुवाल
कामरेड लेनिनको १४९ औँ जन्मदिवस कामदार वर्गबीच विश्वभरि मनाइँदैछ । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता र समर्थकहरूबीच पनि श्रमिक वर्गका महान् गुरु लेनिनको रचना र जीवनीबारे अध्ययन एवम् छलफल भइरहेको छ । अक्टोबर क्रान्ति र यसको महत्व, बोल्शेभिक पार्टीको इतिहास, रूसको तत्कालीन अवस्थाबारे अध्ययन र छलफल भइरहेको छ । यसले पार्टी कार्यकर्ता र समर्थकहरूलाई साम्राज्यवादविरोधी सङ्घर्ष र समाजवादी क्रान्तिमा समर्पित हुन थप प्रेरणा दिनेछ ।
लेनिन र स्तालिनले कामदार वर्गको नेतृत्वमा सशस्त्र क्रान्तिबाट राज्यसत्ता कब्जा गर्नुभएको थियो । रुसका संशोधनवादी मेन्शेविकहरू पुँजीपति वर्गको नेतृत्वमा क्रान्ति गर्न चाहन्थे । त्यसबेला लेनिन र स्तालिनले निर्वाचनको क्रान्तिकारी उपयोगमात्र गर्नुभयो । पुँजीवादी सरकारको प्रधानमन्त्री र मन्त्री बन्नुभएन, राज्य कोष र लुटपाटमा सहभागी हुनुभएन ।
नेपालमा एक वर्षदेखि कम्युनिस्ट दाबी गरेको एमाले र माओवादी अर्थात् नेकपाको दुईतिहाई बहुमतको निर्वाचित पुँजीवादी सरकार छ । सशस्त्र क्रान्तिबाट राज्यसत्ता कब्जा गर्ने माक्र्सवादी–लेनिनवादी नीति त्यागेका एमाले–माओवादीले यतिबेला पार्टीको नाम ‘नेकपा’ राखेर नेपाली जनतालाई छलछाम गर्दैछन् । एमाले र माओवादीको नाम ‘नेकपा’ भए पनि रुसको मेन्शेविक पार्टीजस्तै पुँजीपति वर्गकै सञ्चालक समिति भएर सरकार चलाउँदैछन् ।
नेपालमा ४०–४५ हजार राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू छन् । अधिकांश गैरसरकारी संस्थाहरूमा एमालेका नेता र कार्यकर्ताहरू संलग्न छन् । एनजीओ फेडरेशनमार्फत एमालेका कार्यकर्ताहरू परिचालित छन् । नेपाललाई प्राप्त हुने खर्बौँ रूपैयाँको विदेशी सहयोग नेपालको बजेट प्रणालीमा समावेश छैन । गैरसरकारी संस्थाहरूले सरकारको समानान्तर बजेट खर्च गर्दैछन् । यसैबाट एमाले कार्यकर्ताहरू परिचालन भइरहेका छन् । साम्राज्यवादीहरूले सोभियत सङ्घ र पूर्वी युरोपेली देशहरूमा समाजवादको विघटनपछि ‘प्रजातन्त्र सहयोग’ को नाममा गैरसरकारी संस्थाहरूमार्फत ती देशहरूमा हस्तक्षेप गरेका हुन् । ल्याटिन अमेरिकी देशहरू भेनेजुयलालगायतले साम्राज्यवादीहरूको आर्थिक स्रोतमा सञ्चालन हुने गैरसरकारी संस्थाहरूलाई निकालासमेत गरेका थिए । विदेशी आर्थिक स्रोतबाट सञ्चालित गैरसरकारी संस्था हटाइदिए नेपालमा एमाले पार्टी नै समाप्त हुने चर्चा पुरानै हो ।
नेपालमा माओवादीले चलाएको गृहयुद्धमा भारतीय विस्तारवाद र साम्राज्यवादीहरूको हात रहेको दाहाल र बाबुरामले नै पटक–पटक स्वीकारेका हुन् । गृहयुद्धकै बेला दाहाल र बाबुरामले भारतीय प्राध्यापक एसडी मुनीमार्फत भारतीय प्रमलाई पत्र लेखेर सहयोग मागेका थिए । तत्कालीन भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले ‘हतियार उठाएको माओवादीलाई शान्ति प्रक्रियामा पठाएको’ बताएका थिए । दाहाल र बाबुरामले गृहयुद्ध, शान्तिप्रक्रिया, सरकार गठन र संविधानसभाको निर्वाचन एवम् संविधान निर्माणसम्म भारतको सहयोग भएको बताएका थिए । अहिले पनि दाहाल शान्ति प्रक्रियाको ‘तार्किक निष्कर्ष’ अर्थात् बेपत्ता छानबिन र सत्यनिरुपण तथा मेलमलिापमा पनि भारतकै सहयोग आवश्यक भएको दोहो¥याउँदैछन् । दाहालले शान्तिप्रक्रियालगत्तै दुई–तीनसय वर्षपछि पनि समाजवाद नआउने संशोधनवादी र दक्षिणपन्थी विचार राखेका थिए । नयाँ शक्ति पार्टी गठन गरेका बाबुरामले माक्र्सले आंशिक समाजलाई मात्र हेरेको संशोधनवादी तर्क राख्दैछन् ।
एँगेल्सले व्यापक मताधिकार मजदुर वर्गको परिपक्वताको नापो भएको र यसले मजदुरहरूलाई उम्लने चिह्न देखाइदिने बताउनुभएको हो । लेनिनले पुँजीवादी चुनावलाई उपयोग गर्नुपर्ने तर सङ्घर्षलाई त्यसभित्र सीमित गर्न नहुने बताउनुभएको हो ।
नेपालमा ‘नेकपा’ अध्यक्ष एवम् प्रम ओली ‘बाख्रा चराएर’ आएको दावी गर्छन् । बलिदानको राजनीति गरेकाहरू सिंहदरबारमा पुगेपछि ‘औकातमा आउने’ र ‘असली हैसियत प्रकट’ हुने नियतीबारे अहिले चर्चा चलिरहेको छ । झापा विद्रोह र सामन्त धर्मप्रसाद ढकालको सफायासँगै नाम जोडिएका प्रम ओली २०५१ सालमा गृहमन्त्री थिए । त्यसबेलाको सम्पत्ति विवरणमा ओलीको जन्मघर ते¥हथुम र झापा बाहेक भक्तपुर बालकोटमा ४ आना जग्गामात्रै थियो । २०७४ सालमा दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीको सम्पत्ति भक्तपुर बालकोटमा मात्र डेढ रोपनी जमिन र पक्की दुई घर थपियो ।
चन्द्रशमसेरले जनताको ३५० रोपनी जमिन प्रतिरोपनी रू. ९० मा अधिग्रहण गरेका थिए र कामदारलाई प्रतिदिन ४–६ पैसामात्र ज्याला दिएर रू. ५० लाख राज्य खर्चमा आठ महिनामै सिहदरबार बनाउन लगाएका थिए । प्रम भइसकेपछि चन्द्रशमसेरले रू. ५० लाखको सिंहदरबार रू. २ करोडमा राज्यलाई बेचेका थिए । अहिले सिंहदरबारमा पुगेका चन्द्रशमसेरदेखि ओलीसम्मले राज्यकोष दोहन गर्न नछाडेको पत्रपत्रिकामा समाचार प्रकाशित भइरहेको छ । नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रम दाहालको स्वीस बैड्ढमा अर्बौँ रूपैयाँ जम्मा भएको समाचार पनि पुरानो हो । माओवादी लडाकुको नाममा राज्यबाट भुक्तानी भएको अबौँ रूपैयाँ भ्रष्टाचारमा पनि दाहाल र माओवादी नेताहरूको नाम जोडिएको समाचार पुरानै हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले धेरै अगाडि नै सिंहदरबार, बालुवाटार, शितलनिवास ठगहरूको घेरामा रहेको बताउनुभएको थियो । अहिले पुष्टि हुँदैछ ।
सन् १९१७ को फेब्रुअरी (पुँजीवादी) क्रान्तिपछि सरकारमा गएका मेन्शेविकहरूले राज्यकोष लुटपाट गरेका थिए । नेपालमा २०४६ सालपछिको प्रजातन्त्र र २०६३ पछिको गणतन्त्रमा सरकारमा गएका एमाले–माओवादी पार्टीहरूले पनि राज्यकोष लुटपाट गरे । लेनिनले फेबु्रअरी क्रान्तिपछि बनेको रुसको पुँजीवादी सरकारलाई कुनै सहयोग नगर्न जनतालाई आह्वान गर्नुभएको थियो । आज नेपाली जनताले यो लेनिनवादी नीतिलाई अवलम्बन गर्नु आवश्यक छ ।
क्रान्तिअघि लेनिनले ‘मजदुरको हित’, ‘इस्क्रा’ (फिलिङ्गो), ‘प्रोलिटारी’ (सर्वहारा), ‘प्राब्दा’ (सत्य) आदि पत्रिकामार्फत मजदुर र किसानहरूलाई सङ्गठित गर्नुभएको थियो । नेपाल मजदुर किसान पार्टीले पनि ‘श्रमिक’, ‘मजदुर’ लगायत अन्य पार्टी प्रकाशनमार्फत कामदार वर्गलाई सङ्गठित र सचेत पार्दै आएको छ ।
लेनिन नेतृत्वमा सम्पन्न अक्टोबर क्रान्तिले पुँजीवादी सरकारको अन्त्य, जग्गामा बिनामुआब्जा राजा–रजौटा र सामन्तहरूको स्वामित्व अन्त्य, खानी, जङ्गल, पोखरीमा व्यक्तिगत स्वामित्व समाप्ती, बैड्ढ, रेल बाटो, विदेश व्यापार, विदेशी पुँजी आदि राष्ट्रियकरण गरेको थियो ।
एमाले–माओवादीको नेकपाको सरकारले लेनिनवादी नीतिविपरीत विदेशी पुँजी भित्याउनको लागि आवश्यक कानुन पारित गराई गएको चैत महिनामा लगानी सम्मेलनसमेत सम्पन्न ग¥यो । पन्ध्रौँ पञ्चवर्षीय योजना ०७६÷७७–२०८०÷८१ मा निजी क्षेत्र (वैदेशिक लगानीसमेत) को भूमिका ५५.५ प्रतिशत पु¥याउने सरकारी अंश ३९.५ प्रतिशत र सहकारीको ५.४ प्रतिशतमा झार्ने लक्ष्य किटान गरियो । विदेशी पुँजीसँगै विदेशी गुप्तचर र सेना आउनेछन् । अन्ततः नेपाल नवउपनिवेशमा परिणत हुनेछ । देशभरका उद्योगी र व्यापारीहरू नाङ्ले पसलमा झर्नेछन् । यसकारण ओली–दाहालको नेकपा सरकार कम्युनिस्ट होइन ।
लेनिनले सिद्धान्त नभएका जालीफटाहा पार्टी र तीनका नेताहरूविरुद्ध छिनोफानो हुने गरी सङ्घर्ष गर्नुभयो । उहाँ सामन्तवाद र पुँजीवाद एउटै सिक्काको खुकुरी र त्रिशुलजस्तै रहेको बताउनुहुन्छ । साम्राज्यवादविरोधी सङ्घर्षमा उहाँ अग्र मोर्चामा हुनुहुन्थ्यो । नेपाली जनताले पनि कम्युनिस्टको नाममा सरकारमा गएर भ्रष्टाचार, पक्षपात र अनियमित गरिरहेको ‘नेकपा’ को देश र जनताविरोधी कामलाई उदाङ्ग्याउनु आवश्यक छ ।
ओली–दाहालको नेकपा सरकार बिम्स्टेक र हिन्द प्रशान्त सैन्य गठबन्धनको नाममा विस्तारवाद र साम्राज्यवादको गोटी बनेको छ । सारमा ओली–दाहाल र नेकपाका अन्य नेताहरू कम्युनिस्टको नाममा गोर्वाचोभ र एल्सिनको बाटोमा छन् भने देशको सार्वभौमिकता नै समाप्त पार्ने लेन्डुप दोर्जेको भूमिकामा छन् ।
नेपाल मजदुर किसान पार्टीका सचेत कार्यकर्ता र समर्थकहरूलाई लेनिन र स्तालिनका रचनाहरूमार्फत शिक्षित बनाई समाजवादी प्रचार अभियान अघि बढाउन आजको यो दिवसले प्रेरणा दिनेछ ।
वैशाख ९ गतेको कान्तिपुर दैनिकमा प्रकाशित भ्रामक समाचारबारे प्रस्ट पार्न चाहन्छु । पत्रकार दिपेन्द्र विष्टलाई नेमकिपाले वैशाख ९ गते
(अप्रिल २२ का दिन) १४९ औँ लेनिन दिवस मनाउने र पार्टीको नापो पुँजीवादी चुनावको नतिजामा सिमित गर्न नहुने बताएका थियौँ । पत्रकार विष्टले पुँजीवादी चुनावमा पैसा र सामान बाँडेर, भोज खुवाएर धेरै स्थान जितेकालाई नै ‘ठूलो पार्टी’ बनाएर समाचार प्रकाशन गरेको बलेको आगो ताप्ने पीत पत्रकारिता हो । हामीले टेलिफोनमार्फत उक्त समाचार खण्डन गरेका छौँ ।
(नेपाल मजदुर किसान पार्टीको आयोजनामा सम्पन्न १४९ औँ लेनिन जन्म दिवसमा पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले राख्नुभएको मन्तव्यको सार –सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *