भर्खरै :

शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौँ, ११ वैशाख (रासस) ः मङ्गलबार झिनो अङ्कको सुधार आएको शेयर बजार आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १९।१४ विन्दुले बढेर एक हजार २७९।२९ विन्दुमा पुगेको छ । मङ्गलबार नेप्से ३।७४ विन्दुले बढेर एक हजार २६० मा पुगेर रोकिएको थियो । यसैगरी ‘क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४।८० बिन्दुले बढेर २७६।९४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार बुधबार विभिन्न १७२ कम्पनीका ३४ लाख आठ हजार ३७४ कित्ता शेयर रु ९५ करोड तीन लाख चार हजार ४१० मूल्यमा खरीद बिक्री भए । कारोबार भएका दश उपसमूहमध्ये जलविद्युत् र उत्पादन उपमूहको शेयर बढ्न सकेनन् । जलविद्युत् १०।६८ र उत्पादन उपसमूहको शयेर २।६९ बिन्दुले घट्यो । बैङ्किङ २७।२, होटल ६०।११, विकास बैंक ३९।३४, वित्त ३।९५, निर्जीवन बीमा १३।६९, अन्य ४।१६, लघुवित्त ६।०१ र जीवन बीमा ११।४६ बिन्दुले बढेको छ । स्टकका अनुसार आज नेपाल बैंक लिमिटेडको शेयर रु नौ करोड ९४ लाख छ हजार २६९, ग्लोबल आइएमई बैंकको रु सात करोड १९ लाख चार हजार ७२०, एनआइसी एसिया बैंकको रु छ करोड ४० लाख ८४ हजार ७३४, प्रभु बैंक लिमिटेडको रु छ करोड २७ लाख ६० हजार ९५४ र जनता बैंक लिमिटेडको रु पाँच करोड ९४ लाख ७८ हजार ४९४ मा खरीद बिक्री भए । त्यस्तै एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले ९।७७ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्था ६।८८, सहयोगी विकास बैंक लिमिटेड ६।६७, मेगा बैंकका शेयरधनीले ६।०४ ले कमाए । राधी विद्युत् कम्पनीका शेयरधनीले ४।९३ प्रतिशतले गुमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था ४।८६, नेपाल कम्युनिटी विकास बैंक ४।८६ र आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयर धनीले ४।६८ प्रतिशतले गुमाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *