भर्खरै :

गरिबी निवारणका लागि समाजवाद सर्वोत्तम भएको चीनद्वारा प्रमाणित

सन् २०२० सम्ममा अति गरिबी निवारण गर्ने चीनको आधार समयसीमाको सङ्घारमा आइपुगेको छ । समाजवादी प्रणालीले यसमा महत्वपूर्ण भूमिका निभाइरहेको छ ।
“समाजवादको अर्थ विकास हो । विकासले प्रत्येकको साझा समृद्धिलाई सघाउनुपर्छ” चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि चिनफिङले हालै दक्षिण – पश्चिम चीनको चोङकिङ नगरपालिकाको निरीक्षण भ्रमणको क्रममा गरिबीविरुद्धको लडाइँमा अझ बढी प्रयास गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो ।
चीनको समाजवादी व्यवस्थाले आफ्नो लक्ष्य प्राप्तिका लागि स्रोतसाधन जुटाउन सम्भव सबै कार्य गरेको छ र यो सुरुदेखि अन्तसम्म विशेषगरी जब जनताको जीवनस्तर उठाउनेसम्बन्धी कार्यभारको आफ्नो लक्ष्यमा अडिग रहेको छ ।
निरन्तरको कडा परिश्रमकै फलस्वरूप विगत ४ दशकभित्र ७० करोडभन्दा बढी चिनियाँ जनतालाई गरिबीबाट माथि उकासिसकेको छ । सन् १९७८ मा ९७.५ प्रतिशत रहेको चीनको ग्रामिण गरिबी दर २०१८ मा १.७ प्रतिशतमा झारिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) ले सन् २०१७ मा सन् २०२० भित्र सबै काउन्टी र क्षेत्रका सम्पूर्ण चिनियाँ जनतालाई गरिबीबाट माथि उकास्ने निर्णय ग¥यो र लक्ष्य प्राप्तिका लागि गरिबीविरुद्ध अन्तिम लडाइँ चौतर्फी ढङ्गले अगाडि बढायो ।
चिकपाको नेतृत्वमा गरिबी निवारण सारा देशको लागि रणनीतिक कार्य बन्यो । सरकारको हरेक तहले आफ्नो कार्य सुनिश्चितरूपमा र समयमै पूरा गर्न आवश्यक कदम उठायो ।
पार्टी सदस्यहरू गरिबी निवारण कार्यमा सहयोग गर्न गरिबी व्याप्त गाउँहरूमा परिचालित भए । साथै सरकारी अधिकारी, सेवा निवृत्त कर्मचारी र विश्वविद्यालयका विद्यार्थीहरू सबै मिलेर केन्द्रीय सरकारको नीति पूर्णरूपमा कार्यान्वयन गर्न स्थानीय र प्रान्तीय सरकारहरूसित काँधमा काँध मिलाएर काम गरे, गरिरहेका छन् ।
चीनले स्थानीय अवस्थालाई आधार बनाएर स्रोत साधनहरूको सही समयमा सही ठाउँमा प्रयोग सुनिश्चित गरेर मितव्ययिताको उपाय प्रयोगमा उदाहरण कायम ग¥यो ।
आधार समय–सीमा सकिन २ वर्षमात्र बाँकी छ तर चीनले आफ्नो महत्वपूर्ण गन्तव्य पूरा गर्नमा अन्तिम पाइला चाल्नमात्र बाँकी छ । अत्यन्त ठूलो कष्टका साथ आफ्नो गरिबी निवारण अभियानलाई सफल बनाएको छ । समाजवादी व्यवस्थाले अन्तिम लडाइँसम्म आफ्नो शक्ति प्रदर्शन गरिरहने छ ।
(Commentary: China proves Socialism best way to eradicate poverty)
– Xinhua
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *