भर्खरै :

युवा भावना प्रश्नमा खोज्ने कि जवाफमा ?

अनुदीप
जवाफलाई महत्व दिइए पनि शीर्षकमा फेरि पनि प्रश्न नै अगाडि आएको छ । प्रश्न गर्न हिम्मत गर्ने व्यक्ति युवा हो कि जवाफ दिने व्यक्ति युवा हो ? अथवा समस्याको समाधान खोज्ने व्यक्तिलाई युवा मान्ने हो ? प्रश्नै प्रश्नको लहर आउन सक्छ ।
कामदार वर्गका महान गुरु माओले युवाहरूलाई बिहानको उदाउँदो घामसँग तुलना गर्नु भएको छ । सिङ्गो भविष्य युवाहरूको काँधमा भएको जिम्मेवारीबोध गराउनु भएको छ । संरा अमेरिकी साम्राज्यवादलाई आच्छु आच्छु पार्दै नाकले टेकाउने होची मिन्हले मात्र होइन, संसारका धेरै द्रष्टा–स्रष्टाहरूले युवाहरूको महिमा गाएका छन् । युवाहरूको जोश, साहस, धैर्यता, जागरुकता, सक्रियता र उत्सुकताको महिमा उजिल्याएका छन् ।
हो, जोशिलो हुनु, साहसी हुनु, जागरुक हुनु युवा हुनुको पहिचान हो । उत्सुकता मानवीय स्वभाव हो । उत्सुकताले नै मानवजातिलाई प्रगतिपथमा लम्कन टेवा पु¥याएको छ । उत्सुकता बालापनदेखि नै मानिसमा अन्तरनिहित हुन्छ । उत्सुकतासँगै धैर्यता र गम्भीरताले पनि घर गर्न थालेपछि मानिसमा परिपक्वता आउँछ । साँच्चिकै परिपक्व र सक्षम युवाले जिज्ञाशाको नाममा प्रश्नको पसारो मात्र लगाउने गर्दैन, ऊ आफै समस्या समाधानको शोधमा लाग्छ, खोजमा लाग्छ, समाधानको मियो भेटाउँछ अनि समाधानको निम्ति आफै अग्रसर भएर अभियान चलाउँछ । त्यसैले असल र जिम्मेवार युवाले प्रश्न गर्न आँट गरेकोमा घमण्ड गरेर बस्दैन बरु निकासको निम्ति उपाय निकालेर युगप्रति इमानदार बन्ने प्रयत्न गर्छ ।
जोश, साहस, धैर्यता, जागरुकता, सक्रियता र उत्सुकता आदि गुणहरू युवाहरूको सामान्य र साझा गुणहरू हुन् । विद्यमान सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक बन्दोबस्तसँग असन्तुष्ट भई समाज परिवर्तनको निम्ति उत्साहित युवाहरू सामान्य युवाहरूको हैसियतबाट माथि उठ्नै पर्छ । नेपाली खुल्ला तथा व्यक्तिवादी समाजका अगुवा विपि कोइरालाले त मान्छे साहसी होइन, दुसाहसी हुनुपर्ने जिकिर गरेका छन् । अरु हिंडिसकेको जोखिमपूर्ण बाटो तय गर्न पनि साहसी हुनुपर्छ । तर, अरु कोही नहिंडेको जोखिममा बाटो बनाएर हिड्न दुसाहस नभई पुग्दैन भन्ने कोइरालाको मान्यता हो । के दुसाहस नै युवापन हो ? वा दुसाहस नै क्रान्तिकारीता हो ? दुसाहसको लक्ष्य सही होला तर दुसाहसको योजना सिद्धान्तकृत भएन भने त्यो त अराजकता मात्र हुन्छ । दुसाहसको अभिव्यक्ति पनि सङ्गठित भएन भने त्यो बलिदानमै टुङ्गिन्छ । दुसाहसले मात्र क्रान्तिकारी लक्ष्य भेदन गर्न सक्दैन ।
आरुनो अस्तित्व देखाउन नागरिक समाजको त्यान्द्रो समात्ने केही पलायनवादीहरू सत्तामाथि प्रश्न उठाउन सक्नु मै ठूलै हिम्मत र क्षमता भएको झ्याली पिटिरहेका छन् । अझ तिनीहरूले आफ्नै सङ्गठन–पार्टीको नेतृत्वमाथि प्रश्न गर्ने आँट गर्नुलाई महान् क्रान्तिकारीताको उपमा दिइरहेका छन् । जनवादी केन्द्रियताको मिथ्याप्रचार गर्दै कुम्युनिष्ट पार्टी–सङ्गठन पद्धति भनेको देश पार्टीले चलाउने, पार्टी केन्द्रीय समितिले चलाउने, केन्द्रीय समिति दुई चार जनाको पोलिटव्युरोले चलाउने र पोलिटव्युरो पनि एक जना अध्यक्षले मात्र चलाउने अनि अरु जनता कार्यकर्ताले सोच्न नपर्ने र केही सोच्ने वा तर्क राख्ने वा प्रश्न उठाउने कार्यकर्ता कोपभाजनमा पर्ने भनी कोकोहोलो मचाइरहेका छन् । यस्तोमा कठोर नेतृत्वसामु औंला उठाउनु निकै साहस भएको एकहरो जिरिह गरिरहेका छन् ।
तिनीहरू एक सबैको लागि, सबै एकको निम्ति भन्ने सिद्धान्तको व्याख्या पनि गर्न मनपराउँछन् तर ‘म नै सार्वभौम हुँ’ भन्ने आत्मश्लाघा भित्री मनको कुनाबाट मेट्न सक्दैनन् । तिनीहरू कम्युनिष्ट पार्टी भनेको संसारका सबै सेनाभन्दा पनि अनुशासित सङ्गठन हो भन्ने प्रवचन दिन चुक्दैनन् तर तिनीहरू आरुनै उपस्थितिमा समितिमा, माथिल्लो समितिमा वा महाधिवेशनमा भएको निर्णय कार्यान्वयन गर्दा आरुनो अस्तित्व कुन ठाउँमा उजागर हुन्छ भनी केलाउन छोड्दैन् । वर्गसङ्घर्षको महासङ्ग्राममा विजय हासिल गर्नुभन्दा पनि, शोषणका सारा जन्जिर तोडेर सबै व्यक्ति स्वाभिमानी अस्तित्वका साथ बाँच्न पाउने कामदार वर्गको हुमुम स्थापना गर्नुभन्दा पनि आरुनो नामको मूल्य मात्र खोजिरहनेले समर्पणको अर्थ नबुझेको त पक्कै होइन होला । क्रान्तिकारीताको लेप लगाउन आफूलाई मात्र सर्वोपरि ठान्ने व्यक्तिवादको पनि सङ्कुचित घेरामा रमाउनेले नेतृत्वमाथि प्रश्न उठाएको भन्नु नाटकबाहेक के हुन सक्छ ? सत्तामाथि प्रश्न उठाएको भन्नु व्यक्तिगत अस्तित्वको लागि त्यान्द्रो समाउनुभन्दा अरु के हुन सक्छ ? फेरि पनि प्रश्न नै आउँछ ।
सत्तालाई दबाब दिन सत्तामाथि प्रश्न उठाउने प्रश्नवादीहरू आफैमा यथास्थितिवादीको द्योतक हो । माओवादी, एमाले र काङ्ग्रेसलगायत शासक दलहरूले देश बिगारेको तथ्य पनि उदङ्ग्याउने अनि फेरि चुनावको बेला जिन्दगीको वैतरणी तार्न ती नै दलहरूलाई मतदान गर्ने प्रश्नवादीहरूको दबाबले कसको हित ग¥यो ? परिवर्तनको संवाहक आफू पनि हो भन्ने कर्तव्यबाट च्युत भई अरुलाई औंला मात्र तेर्साएर आदर्श समाज कसरी स्थापना हुन्छ ? काँधमा कुनै जिम्मेवारी लिनु नपर्ने अनि अरुको आङका जुम्रा गन्दै विद्वता देखाउने प्रश्नवादीहरूले परिवर्तनका आकाँक्षी जनताहरूलाई हेमलिनको बाँसुरीबाजले जस्तै समुद्रमा जाक्नेभन्दा अरु के गर्न सक्छ ? प्रश्नवादीहरूमाथि पनि प्रश्नको लहर आउन सक्छ । प्रश्नै प्रश्नको सुन्दर माला उने पनि प्रश्नको उत्तर नखोज्ने र उत्तरप्रति उत्तरदायी नहुने हो भने फेरि पनि किनारा लगाउन सक्दैन ।
संरा अमेरिकी साम्राज्यवादमाथि प्रश्न उठाएकोले मात्र असी वर्षको उमेरमा पनि क्युवाली नेता फिडेल क्याष्ट्रोलाई युवा भनिएको होइन । क्याष्ट्रोले साम्राज्यवादसँग प्रतिरोध गर्दै क्युवाली र सिङ्गो मानव समाजको हितको निम्ति समाधान दिनुभयो । यसकारण संसारका लागि क्याष्ट्रो जीवनको उत्तराद्र्धमा पनि युवा रहनु भयो । कार्ल माक्र्स र ऐंगेल्सले तात्कालिन समाजमा प्रश्न मात्र उठाइरहेका भए कम्युनिष्ट घोषणापत्र आउने थिएन होला । कम्युनिष्ट घोषणापत्र नआएको भए संसारमा कामदार वर्गको हुकुम स्थापना हुने बाटो प्रष्ट हुने थिएन । माक्र्स र ऐंगेल्सले प्रश्नै प्रश्नको खातमा बसेर आरुनो युवापनको पुरुषार्थ देखाउन मात्र बसेनन् बरु कामदार वर्गलाई निकास दिएर मानव समाजलाई मार्गदर्शन दिनु भयो । नेपाल कम्युनिष्ट आन्दोलनमा पनि नेतृत्वले गलत बाटो लिएपछि युवा नारायणमान बिजुक्छें (रोहित) ले नेतृत्वलाई दबाब दिने नाममा अनेकाअनेक प्रश्न मात्र फिंजाएर बसेको भए नेपाल मजदुर किसान पार्टीको जन्म हुने थिएन । नेपाल मजदुर किसान पार्टी स्थापना नभएको भए सिङ्गो नेपालको कम्युनिष्ट आन्दोलन संशोधनवादमा पतन भइसक्ने थियो । कम्युनिष्ट आन्दोलनले नेपाली कामदार जनताको पक्षमा वकालत गर्ने होइन, वर्ग दुश्मनहरू प्रतिक्रियावादी र भारतीय एकाधिकार पुँजीको पोल्टामा कुन्थित हुने थियो ।
दलाल पुँजीवादी व्यवस्था वा पुँजीवादी प्रजातन्त्रमा कम्युनिष्ट नाम गरेको पार्टीको सरकार भए पनि जनताको हितमा काम गर्न सक्दैन भन्ने पुष्टि भइसकेको छ । यतिबेला पनि यही सत्तालाई दबाब दिँदैमा र यी शासक दलहरूमाथि प्रश्न मात्र उठाएर बुर्कुसी मार्दैमा गोरु व्याउँदैन । सवाल, पुँजीवादी राज्यसत्तालाई दबाब दिने होइन, पुँजीवादी राज्यसत्ता बदल्ने हो । पुँजीवादी राज्यसत्तालाई ध्वस्त पारी समाजवादी व्यवस्था स्थापना गर्ने हो । सवाल, शोषक, प्रतिक्रियावादी र दलाल पुँजीपति शासकहरूमाथि नैतिकताका पाठ सिकाउने प्रश्न खडा गर्ने होइन, तिनीहरूबाट शासनसत्ता खोसेर कामदार जनताको हुकुम स्थापना गर्ने हो । त्यसको लागि किनारमा बसेर विद्वताको पाण्डित्य प्रदर्शन गर्ने होइन, सङ्ग्रामको मोहडामा बसेर अनेकाअनेक दुश्मनको प्रहार छातीमा थाप्ने हो र दुश्मनको नाभीमै प्रहार गरेर विजयको ध्वजा फराउने हो । यो साहस, यो उत्साह, यो हिम्मत, यो कठोर यात्रा पार गर्ने धैर्यता अनि यो निर्मम वर्ग सङ्घर्षलाई कामदार जनताको जितमा बदल्न चाहिने उत्सुकता अविचलित रुपमा कायम राख्न सक्नेले मात्र युवात्वको भार बोक्न सक्छ । यतिबेला युवाहरू साहसिक प्रश्न गर्ने भुलभुलैयामा रनभुल्ल भएर बस्ने होइन, बरु समाज परिवर्तनका संवाहक आफै भएको जिम्मेवारीबोध गरी सङ्घर्षको मैदानमा खरो उत्रनु नै युवाहरूको परम कर्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *