केरी ब्राउन
सन् १९७८ देखि जनवादी गणतन्त्र चीनमा एउटा युगको थालनी भयो । त्यो युगलाई सुधार र खुलापनको युग भनिन्छ । चीनले सुधार र खुलापनको युगमा पदार्पण गरेयता आफ्नो वरपरको संसारका धेरै आयाम देख्यो र त्यसबाट सिक्ने प्रयत्न ग¥यो । यही युगमा धेरै प्रकारका विचार चीनमा आयात गरियो । ‘बृहत् सिकाइ’ को अवधि भनिने यो समयमा चीनका राजनीतिज्ञ, प्राज्ञ, व्यापारी र अरू तप्काका मानिस संसारभर फैलिएर आफ्नो देशको लागि उपयोगी हुने काम सिके । जर्मनी र जापानबाट उनीहरूले विचारधारा सिके । संरा अमेरिका र युरोपबाट प्रविधि सिके ।
प्रमाणित नतिजा
सुधार र खुलापनको युगले प्रष्टतः दुई वटा नतिजा निकाल्यो । पहिलो, चीनमा भित्र्याइएको नयाँ विचारधारा र प्रविधिले ल्याएको आर्थिक वृद्धि । यो नतिजा सबैले देखेको र प्रशंसा गरेको परिणाम हो । सन् १९७० दसकको उत्तराद्र्धसम्म चीनको प्रतिव्यक्ति कूलगार्हस्थ उत्पादन (प्रतिव्यक्ति आय) केही सय डलरमात्र थियो । आज चीनका जनताको प्रतिव्यक्ति आम्दानी झण्डै १० हजार अमेरिकी डलर छ । आज चीनले संसारभर मध्यम आय भएको देशको छवि बनाइसकेको छ ।
सुधार र खुलापनको युगमा चीनले दसौँ करोड मानिसलाई गरिबीबाट उकास्यो । चिनियाँ अर्थतन्त्र बाँकी संसारको वृद्धिको प्रमुख स्रोत बनेको छ ।
चिनियाँ समाज, संस्कृति र आर्थिक बनोटको आफ्नै विशिष्ट विशेषताका कारण चीनले बाहिरबाट भित्र्याएको विचारमा आफ्नै अनुकूलतामा रुपान्तरण पनि गरेको छ । चीनले विकासको आफ्नै नयाँ ढाँचाको विकास गरेको छ । आज त्यो ढाँचाबारे संसारभर चासो र चर्चा छ । संसारले चिनियाँ विकासको ढाँचा अध्ययन गरिरहेको छ । चिनियाँ ढाँचाबारे धेरै थरीका व्याख्या र परिभाषा पनि छन् । तर, वास्तविकता के हो भने चीनले बितेका चार दसकमा आफ्नै विकासको पथबाट धेरै कुरा सिकेको छ । निन्देह आज चीन त्यही आफ्नो अनुभव संसारसामू बाँड्ने अवस्थामा पुगेको छ । चीनले आफ्नो अनुभव बाँकी विश्वसँग बाँडिरहेको युगमा हामी बाँचिरहेको भन्नु अतिश्योक्तिपूर्ण नहोला । चीन हिजो प्रशिक्षार्थी थियो भने आज ऊ प्रशिक्षकको स्थानमा उक्लिएको छ ।
बितेका केही वर्षमा चीन एकजना विद्यार्थीबाट शिक्षक बन्ने प्रयासको उपयुक्त माध्यम बनेको छ–एसियाली पूर्वाधार लगानी विकास बैङ्क (एआईआईबी) । मानव समाजको इतिहासमा सम्भवतः सबभन्दा बढी पूर्वाधारको विकास गर्न सफल देश हुनुको नाताले आफूले सिकेको पाठ अरुलाई सम्प्रेषण गर्ने सामथ्र्य चीनसँग छ । सन् २०१४ मा चीन सरकारले एआईआईबीको शुभारम्भ गर्दा धेरैथरी आलोचना भएको थियो । तर, विकाससम्बन्धी चीनको विशिष्ट सिकाइ र अभ्यास बाँड्ने अनि प्रयोग गर्ने उसको सिद्धान्त स्वीकार्य बन्दै गयो ।
धनको वितरण
दसकौं लामो सुधार र खुलापनको प्रक्रियाको दोस्रो र बृहत् शिलशिला हो–बेल्ट एन्ड रोड परियोजना । यो परियोजनाले पूर्वाधारको सञ्जाल, सूचना प्रविधि, जनस्तरको सम्बन्ध र वित्तीय बन्दोबस्तजस्ता बृहत् क्षेत्र समेटेको छ । चीनले सन् १९७० दसकको उत्तराद्र्धतिर अङ्गालेको ‘बृहत् सिकाइ’ जस्तै सिकाइका प्रक्रियाबाट संसारका अरु क्षेत्र र देशहरूले पनि सिक्न सक्छन् ।
बेल्ट एन्ड रोड परियोजनाको यो एउटा सरल व्याख्या हो । केहीले यसलाई भूराजनीतिक आँखाले बाङ्गो कोणबाट पनि बुझिरहेका छन् । तर, बेल्ट एन्ड रोड अवधारणाको खुलापन र महत्र्वाकाङ्क्षालाई कुनै एउटा व्याख्याभित्र सजिलै परिभाषित गर्न सकिंदैन । यसलाई बहुकोणबाट व्याख्या गरिनुपर्छ । चिनियाँ सरकार समेतले पनि यसमा लचकताको प्रशस्त ठाउँ रहेको बताउँदै आएको छ । चीन सरकारले परियोजनाको लक्ष्य हासिल गर्न रणनीति वा प्राथमिकतामा परिवर्तन गर्न सकिने सङ्केत गर्दैआएको छ । सन् २०१३ मा चीनका राष्ट्रपति सी चिनफिङले पहिलो पटक यो परियोजनाको प्रस्ताव गरे यता थप विस्तारित छलफल र बहस चालू छ । बेल्ट एन्ड रोड परियोजना कसैमाथिको दबाब र सिफारिसको प्रक्रिया होइन । तर, कसैले यसलाई त्यही कोणबाट आलोचना पनि गरिरहेका छन् । यो परियोजनाको ध्येय एउटा बृहत् मापदण्ड बनाउनु हो जसको मूल ध्येय विकासबारे चीनले सिकेका कुरा अरु देशलाई सम्प्रेषण गर्नु हो ।
एकआपसमा सिक्ने ढाँचा भएकोले यो परियोजनाको मनसाय र आकाङ्क्षासँग जोडिएर आउने संशय न्यून छ । चिनियाँ ढाँचा नामको कुनै निश्चित बुझाइ कसैमाथि थोपर्ने यो परियोजनाको ध्येय होइन । बेल्ट एन्ड रोड परियोजनाको सबभन्दा सकारात्मक पक्ष यही हो । केही दसकअघि सम्म चल्तीमा रहेका असमान अवस्थालाई यसले उल्टाएको छ । उत्तिबेला चीन सधैं सिक्ने अवस्थामा हुन्थ्यो । आम रुपमा पश्चिम भनिने (युरोप, संरा अमेरिका, अस्टे«लिया र एसियाका केही विकसित देशहरू) चीनलाई सिकाउने अवस्थामा थिए । आज सबै एकआपसमा शिक्षक र विद्यार्थी बनेका छन् । चीनको शिक्षण शक्ति भने अरु देशको लागि चुनौतीपूर्ण बनेको देखिन्छ । यद्यापि यसलाई प्रतिस्पर्धाको रूपमा लिइनु उचित होइन ।
नयाँ सम्भावना
चीनको पूर्वाधार निर्माण गर्ने तरिकाप्रति युरोपले चासो राख्नुपर्छ । चीनका केही अनुसन्धानमूलक प्रविधिमा युरोपले ध्यान दिनुपर्छ । ती अनुसन्धानमूलक प्रविधिले विद्युतीय बेल्ट एन्ड रोड परियोजनालाई बढावा दिनेछ । सँगै बेल्ट एन्ड रोड कार्यक्रमले अङ्गाल्ने केही परियोजनाको लागि दिगो वित्तीय तथा पर्यावरणीय ढाँचाजस्ता नयाँ विषयमा सँगै काम गर्न अहिलेको समय महत्र्वपूर्ण अवसर हो ।
युरोप र चीनले आपसी परिपुरणका क्षेत्रको पहिचान गर्न गुणात्मक संवाद जरुरी छ । बेल्ट एन्ड रोड परियोजनालाई निकै विशाल, महत्र्वाकाङ्क्षी र चुनौतीपूर्ण अनि चीनको विशिष्टतासँग मात्र मेल खाने परियोजनाको रुपमा हेर्नु हुन्न । यसरी बुझ्दा चीनको विकासको ढाँचा संसारको लागि कसरी उपयुक्त छ भन्ने कुरा सिक्ने अवसरबाट बञ्चित हुनु हो । साझा परियोजनाहरूमा चिनियाँहरूबाट हुनसक्ने सम्भावित गल्तीलाई पनि बेवास्ता गर्न भने मिल्दैन । अनुभवबाट सिक्ने भन्ने अवधारणा चिनियाँहरूले सन् १९७८ पछि बोकेको प्रमुख अवधारणा हो । चीनको यो विचारले गल्ती पनि सिकाइको एउटा हिस्सा हो भन्छ । गल्तीबाट सिक्ने र सिकेको पाठलाई अङ्गीकार गर्नु नै यसको मूल सिद्धान्त हो ।
बेल्ट एन्ड रोड परियोजनाको युगमा चीन र चिनियाँहरू मात्र होइनन्, हामी सबै ‘बृहत् सिकाइ’ को युगमा छौँ । यतिबेला संसारमा जे जस्ता घटना र गतिविधि भइरहेका छन्, तिनलाई बेल्ट एन्ड रोड परियोजनाको कोणबाट हेर्दा सकारात्मकताको क्षितिज देखिन्छ । केही असमझदारी, गलत बुझाइ र गलत पक्षधरता सिकाइको प्रक्रियामा पक्कै पनि देखिएको छ । तर, अन्ततः यसले सकारात्मक नतिजा नै दिने देखिन्छ । विचारधारा र राजनीतिक पूर्वाग्रहका आधारमा यो सिकाईको ढाँचालाई उपेक्षा गर्ने हो भने हामीले निकै उपयोगी र प्रभावशाली सिकाइलाई उपेक्षा गरिरहेका हुनेछौं । पश्चिममा एसियाबाट सिक्नुपर्ने कुरा धेरै उठ्ने गर्छ । विशेषतः चीनबाट सिक्नुपर्ने कुरा चलिरहन्छ । बेल्ट एन्ड रोड परियोजना चीनबाट सिक्ने एउटा बाटो हो ।
यतिबेला युरोपलाई प्राप्त रणनीतिक अवसरका आधारमा युरोपेली देशहरूले चीनको यो परियोजनालाई संरा अमेरिकाले भन्दा थप गतिशील तरिकाबाट सोच्न जरुरी छ । बेल्ट एन्ड रोड परियोजना भौगोलिक रुपमा पनि युरोपमा पुगिसकेको हुनाले युरोपले त्यसरी सोच्नु उपयुक्त हुन्छ । चीनलाई सिकाउने र कुनै पनि काम कसरी गर्ने भन्ने कुरा चीनले आफूबाट सिक्नुपर्छ भन्ने चिन्तनशैली युरोपले त्याग्नुपर्छ । बरु एकआपसमा भएका ज्ञानलाई आपसमा सिकाउने र सिक्ने सन्तुलित सोचाइ विकास गर्नुपर्छ । बेल्ट एन्ड रोड परियोजनाको यो नै सबभन्दा महत्र्वपूर्ण आन्तर्य हो तर युरोपेली देशलाई यो कुरा स्वीकार्न निकै गा¥हो भइरहेको छ । चीनलाई पनि शिक्षकको रूपमा सोच्ने विचार युरोपका धेरैलाई पाच्य भइरहेको छैन । तर, चीनको विकास पथ र विचारलाई हेर्दा नयाँ विकल्पलाई स्वीकार्नुभन्दा अर्को उपाय देखिंदैन । के युरोपका मानिसहरू यो विषयमा खुल्ला बन्न चाहन्छन् वा चाहँदैनन् भन्ने प्रश्न नै मुख्य प्रश्न हो । चीनविज्ञ पियरी रेकमेनले भनेका छन्, “फरक संस्कृतिप्रति खुला हुनुको अर्थ त्यसबाट परिवर्तित हुनु हो ।” बेल्ट एन्ड रोड परियोजनासँगै युरोपेली र अरुले आफ्नो अभ्यासमा गुणात्मक परिवर्तन ल्याउनुपर्छ ।
लेखक लन्डनको किन्स कलेजअन्तर्गत लुआ चाइना इन्स्टिच्युटका निर्देशक हुन् ।
स्रोतः बेइजिङ रिभ्यु
नेपाली अनुवादः सुशिला