भर्खरै :

संरा अमेरिकी धम्की अति भयो–क्युवाली राष्ट्रपति

हवाना, २८ अप्रिल । क्युवाका राष्ट्रपति मिगुएल डायज कानेलले संरा अमेरिकाले क्युवामा अस्थिरता ल्याउन ६० वर्षदेखि गर्दै आएको प्रयासको भत्र्सना गर्दै संरा अमेरिकी धम्की र चेतावनी अति भएको बताउनुभएको छ ।
“क्युवाली क्रान्तिमाथिको चेतावनी र धम्की अति भयो । उनीहरू न हिजो सफल भएका थिए, न आज सफल छन् न भोलि हुनेछन् ।” कानेलले भन्नुभयो ।
क्युवाली क्रान्तिपछि क्युवा सरकारले कब्जा गरेको सम्पत्ति प्रयोग गरी नाफा कमाइरहेका कम्पनीमाथि मुद्दा दायर गर्न सकिने सन् १९९६ को हेल्मस–बर्टन ऐन संरा अमेरिकाले क्युवाले लगाएका नाकाबन्दीको शृङ्खलाको पछिल्लो उदाहरण हो ।
ट्रम्पले गएको जनवरी महिनामा सन् १९९६ यताका सबै संरा अमेरिकी सरकारले निलम्बनमा राखेको उक्त विवादास्पद कानुन फेरि कार्यान्वयनमा ल्याउने धम्की दिएका थिए ।
सो कानुनलाई अझै सक्रिय बनाउँदा संरा अमेरिकी नागरिकले मात्र होइन, संरा अमेरिकासम्बद्ध विभिन्न विदेशी कम्पनीहरू समेतले क्युवाका २ भन्दा बढी राज्यनियन्त्रित व्यापारिक निकायमाथि नाकाबन्दी लगाउने अधिकार प्राप्त गर्नेछन् ।
ट्वीटरमार्फत क्युवाली राष्ट्रपतिले भन्नुभयो, “संरा अमेरिकाले आफ्ना साम्राज्यवादी नीतिमार्फत विभिन्न देशहरूको सार्वभौमिकताको अपमान गरिरहेको छ । आज भेनेजुयला, निकारागुआ र क्युवामाथि यस्तो अपमान गरिरहेको छ । हिजो इराक, लिविया र सिरियाको त्यस्तै अपमान गरेको थियो । भोलि कसको पालो आउने हो ?”
सो कानुन सक्रिय बनाएर ट्रम्प सरकारले अस्थिरता निम्त्याएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा ट्रम्पको आलोचना भएको छ । युरोपेली सङ्घ र क्यानाडाले सो निर्णयको आलोचना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *