भर्खरै :

कालीकोटमा अन्तरक्रिया

कालीकोट, १६ वैशाख । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रम तथा हालै शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण शिक्षकहरूलाई बधाई ज्ञापन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला समिति अध्यक्ष नवराज कोइरालाले सरकारको गतिविधिले नेकपालाई कम्युनिष्ट प्रमाणित गर्न नसकेको बताउनुभयो ।
उहाँले पुँजीवादी विकास र समृद्धिको कुरा गर्ने पार्टीले व्यापक कामदार जनताको हितमा कुनै निर्णय वा कानुन ल्याउन नसकेको उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ कालीकोट जिल्ला समिति अध्यक्ष नरदीप शाहीले शासक दलले जनताबीच अनेकन भ्रम छरिरहेको समयमा शिक्षकलगायत समाजका शिक्षित समुदाय अझ जिम्मेवार भएर जनतालाई सचेत बनाउन लाग्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय प्रतिनिधि इन्द्र न्यौपाने, सूर्यबहादुर शाहीलगायतका वक्ताहरूले स्थानीय तहले शिक्षा क्षेत्रमा कम प्राथमिकता दिइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *