भर्खरै :

सुरू भयो रातो मछिन्द्रनाथको जात्रा

– सञ्चिता घिमिरे
ललितपुर, २५ वैशाख । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा सुरू भएको छ । मछिन्द्रनाथको पुल्चोकमा रहेको रथलाई बुधबार साँझ तानेर गाःबहाल पु¥याइएको छ ।
बर्सेनी वैशाख शुक्ल चतुर्थीका दिन रथ तान्ने गरिएको छ । चार दिन पहिले (वैशाख शुक्ल प्रतिपदा) का दिनमा रथारोहण भएपछि बुधबार तानिएको हो । बुधबारै गाःलहालमा छोयलाबु गरिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । उहाँका अनुसार बिहीबार गाःबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर म·लबजार आसपास पु¥याइनेछ । मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । मछिन्द्रनाथकोयो यात्रा गुरू बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिने जोशीले बताउनुभयो ।
ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरू बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगैै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएको जोशीले बताउनुभयो ।
किसान रथचक्र, गुरू बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको ज्योतिष दैवज्ञ जोशीले बताउनुभयो । गाःबहालबाट सुनधारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुनधाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुनधारासम्मको जात्रालाई भक्तपुरबासीको जात्रा भनिन्छ ।
समयसँगै मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने तरिकामा पनि परिवर्तन आइरहेको जोशीले बताउनुभयो । झण्डै चार दशक पहिलेसम्म वैशाख शुक्ल प्रतिपदाका दिनमा मछिन्द्रनाथको रथारोहण गरेपछि त्यही दिनमा वा भोलिपल्ट पुल्चोक चोकमै रहेको मण्डपपाटीसम्म रथलाई तानेर लगिने गरेको उहाँको भनाइ छ । अहिले साङ्केतिक रूपमा मात्रै मण्डपपाटी पु¥याइँदै आएको छ ।
“अहिले पञ्चसूत्र धागोलाई साङ्केतिक रूपमा मण्डपसम्म तानिन्छ”, उहाँले भन्नुभयो, ँयाक मिसा भुजा अर्थात् महिलाले रथ तान्ने दिन तामझामका साथ इटिटोलमा रहेको रथलाई महिलाले तानेर थटिटोलसम्म पु¥याउँछन् । याक मिसा भुजाको अर्थ एकल महिलाको जात्रा हो । पहिले एकल महिलाले रथ तान्ने भनिए पनि अहिले सबै खालका महिला सहभागी हुने जोशीले बताउनुभयो ।
जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने बताउनुभयो । कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका रकमेहरू भेटिन्छन् । एकातिर कार्यालयका कर्मचारी ज्याला जिल्लाको दर रेटभन्दा कम नभएको बताउँछन् भने अर्कोतिर रकमे ज्याला कम भएको गुनासो गर्ने बर्सेनि दोहोरिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *