भर्खरै :

कम्युनिष्टको युग कहिले सुरु हुने !

–गोपाल नगरकोटी
सरकारी नीति तथा कार्यक्रम लोकाचारको लागि आश्वासन बाँड्ने सपनाको पोको होइन । दिशोबोध गर्ने कुनै पनि नीति तथा कार्यक्रम व्यवहारिक हुनुपर्छ, कार्यान्वयन गर्न सकिने खालको हुनुपर्छ । कामभन्दा बढी प्रचार गर्ने ध्येयले ल्याएको कार्यक्रम एकक्षण जनताको ध्यान तान्ने शो पिस पनि होइन । सुखी नेपाली र समृद्ध देश बनाउने धोको बोकेको सरकारले सो लक्ष्य पूरा गर्ने खालको कुनै पूर्वाधार कार्यक्रममा देखिंदैन । आइँ कुनै पनि प्रकारको हिंसा नहुने उल्लेख भएको सो नीति तथा कार्यक्रम सार्वजनिक गरिएको स्वर सेलाउन नपाउँदै वैशाख २४ गते धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा अढाइ वर्षीय आर्यन साहको घाँटी रेटी हत्या गरिएको खबर जानकारीमा आयो । साँझपख घर आँगनमा खेलिरहेको बालक आर्यन म·लबार घाँटी रेटिएको अवस्थामा मृत फेला प¥यो । देशमा कुनै प्रकारको हिंसा नहुने सरकारको विश्वासलाई त्यस बालकको हत्याले उडायो । महिला बेचबिखन रोकिएको छैन । बलात्कारका घटनाहरू दोहोरिरहेका छन्, बेपत्तापछि हत्या गर्ने सृङ्खला यथावत छ । मानव तस्कर गर्ने, नेपाली चेलीबेटी बेश्यालय पु¥याउने घटनाले नेपालमा कसरी हिंसा अन्त्य हुने विश्वास गर्ने ? यसले सरकारी नीति तथा कार्यक्रम विश्वासिलो नभएको देखाउँछ ।
सरकारले यो गर्ने र त्यो गर्ने प्रलोभन देखाउनुको सट्टा गरेर काम देखाउँदा के फरक प¥यो ? बलियो, शक्तिशाली, दुईतिहाइ मत प्राप्त कम्युनिष्ट भनिने दलको सरकारले बकम्फुसे कुरा गरेर जनतालाई ढाँट्ने काम गर्नु ठीक होइन । सरकारी नीति तथा कार्यक्रममा मुगुका एक बिरामीको उपचार गरेको देखाएर के सरकारले पुरुषार्थ देखाउन खोजेको हो ? यसरी नै पहिले माओवादीको नेतृत्वमा बनेको सरकारले काठमाडौँमा कुचो समातेर गरिएको सफाइलाई ठूलै काम ठानेको थियो । धन्न ¤ सरकारले त्यसबेला सरसफाइको युग सुरु भएको घोषणा गरेन । तर, प्रम ओलीले विकाससम्बन्धी एउटा कार्यक्रमको उद्घाटन गरेर देशमा विकासको युग, पानीजहाज चलाउने कार्यालय उद्घाटन गरेर पानीजहाजको युग प्रारम्भ भएको फुके । कुनै दिन नेपालमा युवा वैज्ञानिकहरूको सम्मेलन हुनेछ, त्यसबेला प्रमले नेपाल विद्वानहरूको देश भन्न पछि पर्नेछैनन् । कुनै दिन भ्रष्टाचारीमाथि कारबाही गरेको घटनालाई लिएर देशमा भ्रष्टाचारको युग अन्त्य भएको घोषणा पनि प्रमले गर्नेछन् । अनेक युग सुरु भएको फुक्ने प्रमले कम्युनिष्टको सिद्धान्त र विचारअनुसार प्रक्रिया अघि बढाएर देशमा कम्युनिष्टको युग, वैज्ञानिक समाजवादको मूल्य र मान्यतामा रहेर काम गरेर समाजवादको युग सुरु भएको दिन पो कहिले आउने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *