भर्खरै :

जुम्लामा क्रान्तिकारी किसान भेला

जुम्ला, २६ वैशाख । नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी किसान सङ्घ जुम्लाको पाँचौ जिल्ला भेलाको क्रममा बुधबार किसानहरूको जुलुसले जुम्ला सदरमुकाममा नगर परिक्रमा गरी आमसभामा परिणत भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले अहिलेको दुईतिहाइको कम्युनिष्ट सरकार भए तापनि जनताको भावनाअनुरुप काम गर्न नसकेको र संविधानमा समाजवादउन्मुख बनाउने उल्लेख भएको तर समाजवादअनुसारको नीति, बजेट तथा कार्यक्रमहरू नभई पुँजीवादी शैलीको भएको हुँदा यो सरकार पनि पुँजीवादी सरकार भएको दाबी गर्नुभयो ।
कृषि प्रधान देश भए पनि किसाहरूलाई मल, बीउ, कृषि औजार उपलब्ध नगराई स्वदेशी उद्योगधन्दा निजीकरण गरी देशलाई परनिर्भर बनाई टाट पल्टाउन खोजेको कुरा प्रस्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टी जुम्लाका जिल्ला अध्यक्ष शिवलाल डाँगीले दुईतिहाइको कम्युनिष्टको सरकार भए तापनि देशमा महँगी, भ्रष्टाचारको निर्मूल गर्न नसकी भ्रष्टाचार मौलाएको हुँदा यसको लागि सङ्घर्ष गर्नुपर्ने कुरामा जोड दिंदै समाजवादी व्यवस्था स्थापना गर्न प्रचार अभियानमा लाग्न आह्वान गर्नुभयो । किसान भेलाले वृर्षबहादुर रावतको अध्यक्षतामा ११ सदस्यीय नेक्राकिसङ्घ जिल्ला समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *