भर्खरै :

भेनेजुयलामा सीआईएको योजनाअनुसार सत्ताविप्लवको असफल प्रयास

काराकस, ११ मे । भेनेजुयलामा गएको अप्रिल ३० मा भएको सत्ताविप्लव प्रयासका प्रमुख योजनाकार संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) ले नियुक्त गरेको व्यक्ति भएको खुलासा भएको छ । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले सत्ताविप्लवका योजनाकार जनरल मिगुएल रिकार्डो क्रिस्टोफर फिग्युरालाई एक वर्षअघि संरा अमेरिकाले सत्ताविप्लवको लागि परिचालन गरेको खुलासा गर्नुभएको हो ।
माडुरोले अप्रिल ३० मा भएको असफल सत्ताविप्लवको लागि संरा अमेरिकी गुप्तचर निकाय सीआईए नै दोषी भएको बताउनुभएको छ ।
फिग्युरा बोलिभारियाली राष्ट्रिय गुप्तचर सेवा(सेविन) का पूर्वनिर्देशक हुन् । उनलाई अरु ५४ जना विद्रोहीसँगै प्रहरीले गिरफ्तार गरेको छ ।
माडुरोले अप्रिल ३० को घटना हुन एक साताअघि नै फिग्युराको व्यवहार बदलिएको जानकारी दिएको खुलासा गर्नुभयो । “एक साताअघि नै जनरल पाद्रिनो लोपेज, मैकल मोरिनो र जनरल हर्निन्देज दालाले फिग्युराको बदलिंदो व्यवहारबारे जानकारी दिनुभएको थियो ।”, माडुरोले मिराफ्लोर्स दरबारको हलमा आयोजित एक समारोहमा भन्नुभयो ।
फिग्युरालाई अप्रिल ३० कै दिन बिहान ९ बजे पदबाट बर्खास्त गरी गिरफ्तार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *