भर्खरै :

चोफलमा खुला आँखा शिविर

भक्तपुर, २८ वैशाख । भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा शनिबार स्थानीय चोफल क्षेत्रमा खुला आँखा शिविर सम्पन्न भयो ।
भक्तपुर सामुदायिक आँखा उपचार केन्द्रको प्राविधिक सहयोग तथ तिलगंगा आँखा प्रतिष्ठानका विज्ञहरूको उपस्थितिमा बिहान ८ बजेदेखि दिनको १ बजेसम्म सञ्चालित शिविरमा १९५ जनाको आँखा परीक्षण गरिएको थियो । त्यसमध्ये ७ जनामा मोतीबिन्दु देखापरेको वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताउनुभयो ।
मोतिबिन्दु देखापरेका बिरामीहरूलाई आइतबार च्याम्हासिंहस्थित आँखा उपचार केन्द्रमा विस्तृत परीक्षण गरी सोमबार शल्यक्रिया गरिने उहाँले जानकारी दिनुभयो ।
शिविर सञ्चालन सुरु गर्नुपूर्वको कार्यक्रममा वडाध्यक्ष ज्याख्व, कार्यपालिका सदस्य छोरीमैयाँ सुजखू (प्रजापति) र नगरसभा सदस्य इन्द्रबहादुर प्याथले गर्मी मौसममा हावा हुरीसँगै आँखाको समस्या देखिने हुँदा शिविर सञ्चालन गरिएको अवगत गराउनुभयो ।
शिविर सञ्चालनको लागि स्वास्थ्य स्वयम्सेविका, स्थानीय महिला, विद्यार्थी र खेलकुद समिति, पुस्तकालयलगायतले सहयोग गरेका थिए ।
यसअघि स्थानीय वडावासी जनताबीच मौसमी रोगहरूबाट बच्ने उपायबारे जनचेतनामूलक भेला सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *