भर्खरै :

के नगरकोटवासीले पनि आन्दोलन नै गर्नुपर्ने हो ?

हरिकृष्ण लामिछाने, नगरकोट
बौद्धको बाटो लामो समयसम्म कालोपत्रे नहुँदा त्यहाँका जनताले आन्दोलन नै गर्नुप¥यो । घाम लाग्दा धुलो, पानी पर्दा हिलोको दैनिक भौगिरहेका जनताले हैरानीमा आन्दोलन गरे । यस्तै समस्या भोगिरहेका छन्, भक्तपुरको नगरकोटका बासिन्दाले पनि । सडक पुनःनिर्माण गर्ने भनी कालोपत्रे उप्काएको वर्षाँै भइसक्यो । त्यहाँको अवस्था पनि उस्तै–घाम लाग्दा धुलोको पीर, पानी पर्दा हिलोको पीर । केही ठाउँमा बनाइसकेको सडक समेत बिग्रिन थालेको छ । अझै बाटो बनिसक्ने छाँटकाँट छैन । नगरकोट जाने वैकल्पिक बाटो बनेको कलमसीको बाटो सवारीको चाप बढी हुँदा बिग्रिसकेको छ । नगरकोटलाई स्वर्गको टुक्रा भनिएको छ । तर, स्वर्ग जाने बाटो भने नर्कको बाटोजस्तै भताभुङ्ग छ । सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नजिकका मानिसको ठेक्कामा नगरकोटको बाटो परेको सबैलाई थाहा छ । नगरकोटको स्थानीय तह पनि नेकपाकै कार्यकर्ताले जितेका छन् । केही समय नेकपाकै कार्यकर्ताहरू मिलेर दबाब समूह बनाएको समाचार पनि सुनियो । तथापि बाटोको काम तसको मस भएको होइन । जनताले भोग्नुपरेको सास्ती बीसको उन्नाइस भएको छैन । सबै जनतालाई ठिक्क पार्नमात्र जानेका छन् । तँ कुटेजस्तो गर, म रोएँजस्तो गर्छु’ भन्ने उखान जस्तै सबैले चोचोमोचो मिलाएर जनतालाई झुक्याउन काम गरिरहेका छन् । बौद्धका जनताले जस्तै के नगरकोट जाने बाटोका बटुवा र जनताले आन्दोलन नै गर्नुपरेको हो ? सडक बन्द गरेपछि मात्र सबै काम हुने हो ? के प्रधानमन्त्री वा कोही मन्त्री त्यो बाटो हिंड्दा सडकमा टायर बालेपछि वा ढुङ्गामुढा गरेपछि मात्र पुष्पकमल दाहालका आफन्तीको मनमा चिसो पस्ने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *