भर्खरै :

युद्ध रोक्ने युद्ध

युलिया आन्द्रोसोभा
यो वर्ष संसारले बीसौँ शताब्दीको सबभन्दा रक्तपातपूर्ण र क्रुरतम युद्धमा विजय प्राप्त भएको ७४ औँ वर्ष हो । हो, हामी त्यही दोस्रो विश्वयुद्धको कुरा गरिरहेका छौं, जसबाट संसारका झण्डै ८० प्रतिशत जनता कुनै न कुनै रुपमा प्रभावित बनेका थिए ।
सन् १९४१ को जून २२ देखि सन् १९४५ को मे ९ सम्म तत्कालीन सोभियत सङ्घ र नाजी जर्मनीबीच भएको युद्धलाई हामी रुसमा महान् देशभक्तिपूर्ण युद्ध भन्छौं । युद्धमा अन्ततः सोभियत सङ्घले विजय हासिल ग¥यो । युद्धमा सोभियत सङ्घले जर्मनी नाजी सेनामाथि हासिल गरेको विजयले दोस्रो विश्व युद्धको समग्र नतिजामा निर्णायक अर्थ राख्यो । सन् १९४५ को सेप्टेम्बरसम्म पनि युद्धको तरङ्ग बाँकी नै थियो ।
युद्धमा सोभियत सङ्घले हासिल गरेको विजयले जातीय अहङ्कारवादी सिद्धान्त बोकेका नाजीहरूको बर्बर विचारधारा विश्वभर फैलिनबाट रोक्यो । नाजीहरूले यहुदी, रोमा, रुसी, पोलिस, लात्भियन, लिथुआनियन, फ्रान्सेली र चेक जनतालाई भौतिकरूपमा सिध्याउने घोषणा नै गरेका थिए ।
जर्मनी र उसका सहयोगीहरूबाट ज्यादै शक्तिशाली हमला सामना गरेका सोभियत जनताले नाजीवादलाई पराजित गर्न निकै साहसिक र निर्णायक योगदान गरे । जर्मनीका चार खण्डमा एक खण्ड सेना सोभियत–जर्मनी युद्धमोर्चामा पराजित भएका थिए । सोभियत सङ्घका लाल सेनाले रोमानिया, पोल्यान्ड, बुल्गेरिया, हङ्गेरी, युगोस्लाभियाका पूर्वी क्षेत्र, अस्ट्रिया, जर्मनी, चेकोस्लाभाकिया, नर्वे, डेनमार्क, चीनका उत्तरपूर्वी क्षेत्र र कोरियालाई आंशिक वा पूर्णरूपमा मुक्त गरेका थिए । जर्मनीको राजधानी बर्लिनमा कब्जा जमाएका थिए ।
दोस्रो विश्व युद्धमा प्राप्त महान विजय कठोर र अपुरणीय क्षतिको मूल्यमा हासिल भएको थियो । सोभियत सरकारको आधिकारिक तथ्याड्ढअनुसार दोस्रो विश्व युद्धमा २ करोड ६६ लाख सोभियत नागरिकले ज्यान गुमाएका थिए । युरोपका सबै अरू देशहरूमा युद्धले पु¥याएको कूल क्षतिभन्दा सोभियत सङ्घले व्यहोर्नुपरेको क्षति धेरै थियो । हिटलरविरोधी मोर्चाले युद्धमा गरेका योगदानको हामी सधैं प्रशंसा गर्छौं । हामी बेलायत, फ्रान्स, संरा अमेरिकाका जनता र जर्मनीसहित विभिन्न देशका फासीवादविरोधीहरू र भूमिगत प्रतिरोध समूहका सदस्यहरूप्रति कृतज्ञ छौं । साझा शत्रुलाई पराजित गर्न हामी सबै निःस्वार्थपूर्वक लड्यौं ।
नाजीवादमाथिको विजयको पाठ आजको विश्वमा पनि सान्दर्भिक छ । आज पनि त्यो म्याद नाघेको विचारधारालाई पुनर्जीवन दिने र इतिहासको पुनर्लेखन गर्न चाहनेहरू अझै बाँकी छन् । नवनाजीवादको सबभन्दा प्रस्ट उदाहरण हामीले यतिबेला युक्रेनमा देख्न सक्छौं । युद्धको समयमा नाजीवादबाट सबभन्दा बढी क्षति भोगेको देश नै आज नवनाजीवादमा रुपान्तरण भएको कुरा बुझी नसक्नु छ ।
नाजीवादलाई राम्रो देखाउने प्रयास, कुनै पनि खाले जातिवाद, विदेशीप्रतिको घृणाभाव, आक्रामक राष्ट्रवाद र बडा राष्ट्र अहङ्कारवादको प्रतिरोधको लागि योजनाबद्ध काम अन्तर्राष्ट्रिय समुदायको विषय बन्न जरुरी छ ।
हामीले वियोगपूर्ण विगतबाट सिक्न जरुरी छ । विश्व प्रभुत्व स्थापना गर्ने प्रयत्नको कठोर परिणामबारे हामीले बुझ्न जरुरी छ । सबैका आ–आफ्नै अलग विशेषता हुने कुरा स्वीकार्न नसक्ने, कसैको सन्देहास्पद लक्ष्य प्राप्त गर्न बदनियतपूर्ण व्यवहार गर्ने र कानुनी शासन तथा नैतिकको उपेक्षा गर्दा भोग्नुपर्ने त्रासद परिणामबारे हामीले बुझ्न जरुरी छ ।
महान् विजय दिवस रुसका महत्वपूर्ण उत्सवमध्ये सबभन्दा महत्व बोकेको दिवस हो । मे ९ गौरवको दिन हो, सबै हामी जनताको गौरवको दिवस हो । यो दिन गौरवपूर्ण विजय हासिल गर्ने पुस्ताप्रति गहिरो सम्मान व्यक्त गर्ने दिन हो । यो दिनले हामी सबैलाई साहसको इतिहासमार्फत एकजुट बनाउने गर्छ ।
हाम्रो लागि महान विजय दिवसले सधैं नयाँ पुस्तामा देशभक्तिभावना सञ्चार गर्ने अवसर बन्ने गरेको छ ।
(लेखिका काठमाडाँैस्थित रुसी विज्ञान तथा कला केन्द्रकी निर्देशक हुनुहुन्छ ।)
मे ८ को दिन द राइजिङ नेपालमा प्रकाशित लेखको नेपाली अनुवाद
अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *