भर्खरै :

चीनले सौम्यता र धैर्यता देखायो–अमेरिकी विज्ञ

हसटन, १२ मे । चीन र संरा अमेरिकाबीच व्यापार वार्ता चालू रहेको अवस्थामा चिनियाँ आयातमा थप कर लगाउने वाशिङ्टनको निर्णयले दुई देशबीचको व्यापार युद्ध ‘अझ खराब’ बनाएको चीनसम्बन्धी विज्ञले बताउनुभएको छ । संरा अमेरिकाको हसटनस्थित सेन्ट थोमस विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक जोन टेलरले आवेशमा सम्झौता भङ्गको कुरा गर्ने र कर बढाउने कदम चाल्नु ‘संसारकै एउटा प्रमुख शक्तिको वार्ताको सामान्य रणनीति नभएको’ बताउनुभएको हो ।
गत शुक्रबार वाशिङ्टनले २ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ आयातमाथि १० देखि २५ प्रतिशतसम्म कर वृद्धि गर्ने निर्णय गरेको थियो । वाशिङ्टनको सो घटनाप्रति पेइचिङले गहिरो खेद व्यक्त गरेको छ । साथै आफू आवश्यक प्रतिकारमा उत्रन बाध्य हुने चीनले बताएको छ ।
टेलरले कर वृद्धिप्रति चीनको धारणाबाट चीन संरा अमेरिकाभन्दा कहीं पनि तल बस्न नचाहेको प्रस्ट देखिन्छ ।
वाशिङ्टनको निर्णयबारे प्रतिक्रिया जनाउँदै चीनले पटकपटक चिनियाँ वस्तुमाथि कर थोपर्दैमा समाधान नहुने बताउँदै आएको छ । आपसका मुख्य चासोप्रति सम्मानमा सहकार्य र सरसल्लाह अघि बढ्ने एकमात्र समाधान भएको चीनको भनाइ हो ।
“चीनले व्यापार सम्झौतामा सौम्यता र धैर्यता देखाएको छ ।”, टेलरले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *