भर्खरै :

विश्वव्यापी शासनबारे राष्ट्रपति सीको धारणा

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिङ फिङको पहिलो विदेश भ्रमणले चीन र युरोपको सम्बन्ध थप प्रगाढ बनायो । राष्ट्रपति सी, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, जर्मनीका चान्सलर एञ्जेला मार्केल र युरोपेली सङ्घका अध्यक्ष जेन क्लाउदे जङ्करले चीन र युरोपेली सङ्घबीचको सम्बन्ध र विश्वव्यापी शासन सहकार्य बलियो बनाउनको निम्ति सहमति जनाएन । पेरिसमा चीन र फ्रान्सको संयुक्त आयोजनामा सम्पन्न विश्वव्यापी शासन मञ्चमा सी चिङ फिङले चार मुख्य विषयहरू शासन, विश्वास, शान्ति र विकासमा देखिएको ¥हासोन्मुख अवस्था र त्यसविरुद्ध लड्ने उपायबारे आफ्नो धारणा व्यक्त गर्नुभयो ।
मार्च २६ का दिन चिनियाँ राष्ट्रपति सीले विश्वका सम्पूर्ण देशहरूलाई विश्वव्यापी शासनका चार महत्वपूर्ण पक्षहरूमा साझा पहल गर्न र सामूहिकरूपमा उक्त कठिन विश्वव्यापी चुनौतीहरूको सामना गर्दै मानवताको भविष्यलाई आकार दिन आह्वान गर्नुभयो ।
चीन र फ्रान्सको संयुक्त आयोजनामा पेरिसमा सम्पन्न विश्व शासन मञ्चको समापन कार्यक्रममा सीले उक्त विचार राख्नुभएको हो । राष्ट्रपति सी र उहाँका फ्रान्सेली समकक्षी इम्यानुअल म्याक्रोँका साथै उक्त कार्यक्रममा जर्मनका चान्सलर एञ्जेला मर्केल र युरोपली सङ्घका अध्यक्ष जेन क्लाउदेको पनि उपस्थिति थियो ।
चीन र फ्रान्स विश्वव्यापी शासनका महत्वपूर्ण खम्बाहरू हुन् । सहकार्यको लागि दुबैले बृहत् राजनीतिक सहमति र ठोस आधार तयार पारेका छन् । “विश्व शासनका महत्वपूर्ण खेलाडीहरू चीन र फ्रान्सले व्यापक राजनीतिक समझदारी बनाउँदै विश्व शान्ति, सुरक्षा र स्थायित्वका लागि बहुपक्षीयता र स्वतन्त्र व्यापारको नीति अवलम्बन गर्ने, संयुक्त राष्ट्रसङ्घको सक्रिय भूमिकालाई समर्थन गर्ने आदि प्रमुख मुद्दाहरूमा सहकार्य गर्न ठोस जग निर्माण भएको छ ।”, राष्ट्रपति सीले भन्नुभयो ।
चीन र फ्रान्स दुवै आपसी सम्मान, आपसी विश्वास, समानता, खुलापन, समावेशिता र जीत–जीत (win-win) परिणामको सिद्धान्तको आधारशिलामा प्रतिबद्ध मुलुकहरू भएको स्पष्ट विचार उहाँले राख्नुभयो ।
यी दुई मुलुकहरूले संयुक्तरूपमा अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तहरूको रक्षा गर्ने तथा विश्वव्यापी शासनको सुदृढीकरणमा अग्रणी भूमिका खेल्दै आइरहेको उल्लेख गर्दै राष्ट्रपति सीले भन्नुभयो,“अब त्यो भूमिका नै विश्व शान्तिको प्रवद्र्धन गर्न, स्थायित्व र मानव सभ्यताको विकासका निम्ति महत्वपूर्ण शक्ति बनेको छ ।”
शासन, विश्वास, शान्ति र विकासका यी ‘चार ¥हास’ (Four deficits) लाई सम्बोधन गर्न राष्ट्रपति सीले चार अचुक तथा महत्वपूर्ण उपाय अर्थात् दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
पहिलो, शासनमा ¥हासको न्यूनीकरण गर्न राष्ट्रपति सीले निष्पक्षता र तर्कसङ्गत प्रणालीका लागि आह्वान गर्नुभयो ।
बृहत्तर एवम् व्यापक परामर्श, संयुक्त योगदान र साझा फाइदा दिने विशेषतासहितको विश्वव्यापी शासनको दृष्टिकोण उचित हुन्छ । “अन्तर्राष्ट्रिय मुद्दाहरूको समाधान सारा संसारका जनताको परामर्शबाट गर्ने सिद्धान्तमा आधारित विश्वव्यापी दृष्टिकोण हुनुपर्छ ।”, राष्ट्रपति सीले भन्नुभयो । साथै विश्वव्यापी शासन नियमहरूको प्रजातान्त्रीकरणका लागि सक्रियतापूर्वक अघि बढ्न उहाँले आह्वान गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घ अर्थात् बहुपक्षीयताको झण्डा फहराइरहनका लागि, अन्तर्राष्ट्रिय र क्षेत्रीय बहुपक्षीयताको संयन्त्रको रचनात्मक भूमिका र पूर्ण सञ्चालनका लागि, मानवताका निम्ति साझा भविष्य जोडिएको समाज निर्माणका लागि संयुक्त प्रयास गर्न अपिल गर्नुभयो ।
दोस्रो, ‘विश्वास’ मा ¥हासको सामना गर्न परामर्श र समझदारीलाई उपायको रूपमा उहाँले प्रस्तुत गर्नुभयो ।
“सर्वप्रथम आपसी सम्मान र आपसी विश्वासको आधारमा उभिनु बुद्धिमत्तापूर्ण हुन्छ । त्यसपछि क्रमशः छलफल र परामर्श गर्ने, मतभिन्नताहरू साँघुरो पार्न साझा बिन्दुको खोजी गर्ने, रणनीतिक विश्वास बढाउने र आपसी सन्देह घटाउने कार्य गर्नुपर्छ । न्यायको मामिलामा सही दृष्टिकोण अपनाउन जरुरी हुन्छ । स्वार्थभन्दा न्यायलाई माथि राखिनुपर्दछ ।”, राष्ट्रपति सीले जोड दिनुभयो ।
विभिन्न सभ्यताहरूबीच आपसी समझदारी र आपसी पहिचान बढाउन बाक्लो छलफल र संवादका लागि पनि उहाँले आग्रह गर्नुभयो ।
तेस्रो, ‘शान्ति’ मा ¥हासलाई सम्बोधन गर्न उहाँले संयुक्त प्रयास र आपसी सहायताको दृष्टिकोण प्रस्ताव गर्नुभयो ।
“साझा, व्यापक, सहकार्य र दिगो सुरक्षाको सिद्धान्त, शीत युद्धको बहिष्कार र शून्य उपलब्धिको धारणा, जङ्गली कानुनलाई अस्वीकार गर्ने र द्वन्द्वको समाधान गर्ने शान्तिपूर्ण माध्यम निर्माणजस्ता नयाँ दृष्टिकोणको अभ्यास विवेकपूर्ण हुनेछ ।”, राष्ट्रपति सीले विचार राख्नुभयो ।
छिमेकी देशसँग आफ्नो स्वार्थको निम्ति मोलमोलाइ गर्ने र अरुको व्ययमा आफ्नो फाइदा खोज्ने विचारविरुद्ध लड्न अपिल गर्नुभयो ।
चौथो, ‘विकास’ मा ¥हासको सन्दर्भमा सीले आपसी फाइदा र जीत–जीत प्रतिफलको अवधारणा प्रस्तुत गर्नुभयो ।
नवीन खोजमा आधारित, राम्रो समन्वय भएको, आपसमा जोडिएको, न्यायसङ्गत र समावेशिताको अवधारणा, जीवनशैली वृद्धिको निश्चित आकार दिने मोडेल, खुलापन र सहकार्यमा आधारित जीत–जीत प्रतिफलको मोडेल, सन्तुलित र साझा लाभको विकास मोडेलजस्ता राम्रा विचार अवलम्बन गर्नु हितकार हुनेछ । प्रतिफलस्वरुप संसारभरिका जनताले आर्थिक विश्वव्यापीकरणको फाइदा उपभोग गर्नसक्ने वातावरण तयार हुनेछ ।”, राष्ट्रपति सीले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घको आवश्यक सुधारको पक्षमा चीन उभिएको छ । बहुपक्षीय व्यापार प्रणाली सुरक्षाको खोजीसमेत चीन गर्दछ । सीले फ्रान्स र अन्य देशहरूलाई क्षेत्र तथा मार्गको विकासमा सक्रिय सहभागिताका लागि स्वागत गर्नुभयो ।
चीन र युरोपेली सङ्घबीचको लगानी सम्झौताका विषयमा वार्ता अगाडि बढाउन साझा प्रयासको आवश्यकताबारे उहाँले चर्चा गर्नुभयो ।
चीन र फ्रान्सबीचको मित्रताको सम्बन्ध बलियो बनाउन दुई देशबीचको सहकार्य बलियो बनाउन नयाँ परिस्थितिमा दीर्घकालीन र भविष्यकेन्द्रित हुन जरुरी भएको पनि उहाँले औँल्याउनुभयो ।
“चीन र फ्रान्सले दुई मुलुकका जनता साथै सम्पूर्ण विश्वलाई फाइदा पु¥याउन सांस्कृतिक र परम्परागत क्षेत्रमा सहकार्य विस्तार गर्ने, नवीन र उदीयमान क्षेत्रहरूमा सहकार्य तीव्ररुपले बढाउने, वातावरणीय परिवर्तन सम्बोधन गर्न बलियो सहकार्य गर्ने, सम्पूर्ण पक्षबाट पेरिस सम्झौता लागू गर्ने, संयुक्त राष्ट्र सङ्घ वातावरण कार्यान्वयन सम्मेलनको सकारात्मक नतिजाका लागि साझा बल प्रयोग गर्नेजस्ता महत्वपूर्ण आधारहरूमा चीन–फ्रान्स सम्बन्ध उभिनुपर्छ”, राष्ट्रपति सीले जोड दिँदै भन्नुभयो ।
“युरोपेली सङ्घ र चीनबीचको सञ्चार र सहकार्यले बहुपक्षीयताको रक्षाका लागि अपरिहार्य भूमिका खेल्छ”, आफ्नो सम्बोधनको क्रममा म्याक्रोँले भन्नुभयो ।
“इरानको आणविक मुद्दा, वातावरण परिवर्तन र अफ्रिकाको सुरक्षा र विकासजस्ता विषयमा युरोपेली सङ्घ र चीनको साझा धारणा रहेको छ । दुबैले बलियो र न्यायसङ्गत बहुपक्षीय प्रणाली निर्माणमा जोड दिन्छ”, उहाँले थप्नुभयो ।
फ्रान्सेली राष्ट्रपतिले चीनको तीव्र विकास र गरिबी निवारणका प्रयासहरूको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मामिला तथा क्षेत्रमा चीनले खेलिरहेको महत्वपूर्ण र सक्रिय भूमिकाप्रति फ्रान्सले उच्च सम्मान र महत्वका साथ ग्रहण गरेको अभिव्यक्ति दिनुभयो ।
“विश्व मञ्चका दुई महत्वपूर्ण शक्तिहरू युरोपेली सङ्घ र चीनले रणनीतिक आपसी विश्वास बढाउनुपर्छ साथै संवाद तथा छलफलमा आधारित सहकार्यलाई बढावा दिनुपर्छ”, उहाँले थप्नुभयो ।
चीनद्वारा अघि सारिएको एक क्षेत्र एक मार्ग अगुवाइले विश्वको शान्ति, स्थायित्व र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उक्त परियोजनाको म्याक्रोँले खुलेर प्रशंसा गर्नुभयो ।
रचनात्मक ढङ्गमा अघि बढेको उक्त अगुवाइको विकास रणनीतिमा युरोपेली सङ्घले पनि सकारात्मक आवद्धता देखाउन सक्ने र संयुक्तरूपले युरेसियाली सञ्जालको विकास गर्न सकिने आफ्नो सुझाव उहाँले दिनुभयो ।
मर्केलले भन्नुभयो, “युरोपेली सङ्घ र चीनबीच बहुपक्षीय सहकार्य स्थापित गर्न युरोपली देश र चीनबीचको स्वस्थ सम्बन्धले असल आधारशिला तयार गरेको छ । युरोपेली सङ्घ र चीनबीचको लगानी सम्झौतामा वार्ता र छलफललाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो साथै क्षेत्र र मार्ग अगुवाइमा सहभागिताबारे चर्चा गर्नुभयो । यसबाहेक युरोपेली सङ्घ र चीनले बहुपक्षीयताको संरक्षण गर्न सहकार्य गर्नुपर्ने, विश्व व्यापार सङ्गठन र अन्य बहुपक्षीय सङ्घसंस्थाहरूको सुधारसम्बन्धी बुँदाहरूको तुलनात्मक अध्ययन गर्नुपर्नेमा मर्केलले जोड दिनुभयो ।
“अर्को वर्ष युरोपेली सङ्घ र चीनका नेतृत्वकर्ताहरूबीच हुने बैठक जर्मनीमा गरियोस् भन्ने प्रस्ताव गर्दछु ।”, मर्केल भन्नुभयो ।
युरोपेली सङ्घ र चीनलाई महत्वपूर्ण रणनीतिक सहकार्य साझेदारहरूका रूपमा व्याख्या गर्दै जङ्करले भन्नुभयो, “समान उपस्थितिको विषयमा छलफलमार्फत दुवै पक्षले बलियो सम्बन्ध कायम गर्न जरुरी छ । लगानी सम्झौता, विश्व व्यापार सङ्गठन सुधारजस्ता मुख्य र महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरूमा समझदारी कायम गर्न दुवै पक्षले सक्रिय र परिपक्व वार्ताहरूलाई अगाडि बढाउनु फलदायी हुनेछ ।”
जङ्करले भन्नुभयो, “युरोपेली सङ्घ र चीनबीचको आउँदो २१ औँ शिखर सम्मेलनले सकारात्मक प्रतिफल दिनेमा आशावादी छु ।”
पेइचिङ्ग रिभ्यू, अप्रिल २०१९
Beijing Review Vol 62
No.14 April 4, 2019
अनुवाद – हौसला

Leave a Reply

Your email address will not be published. Required fields are marked *