भर्खरै :

भारतमा इरानी विदेशमन्त्री

नयाँ दिल्ली, १४ मे । इरानी विदेशमन्त्री मोहमद जाभेद जारिफ सोमबार भारत भ्रमणको क्रममा राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । सोमबार राति नयाँ दिल्ली पुग्नुभएका विदेशमन्त्रीले आफ्ना भारतीय समकक्षी सुस्मा स्वराजसँग भेट्नुभयो ।
सन् २०१९ मै जारिफको यो दोस्रो भारत भ्रमण हो । यसअघि उहाँ जनवरी महिनाको ७ देखि ९ तारिखसम्म भारतको भ्रमणमा हुनुहुन्थ्यो ।
इरान र संरा अमेरिकाबीच चालू तनावपूर्ण अवस्थाबीच दुई विदेशमन्त्रीबीच वार्ता हुन लागेको हो । संरा अमेरिकाले हालै इरानी तेल किन्न रोक लगाउने घोषणा गरेको थियो ।
एक साताअघि संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल किन्ने देशलाई आफूले थप छुट दिन नसक्ने घोषणा गर्नुभएको थियो । त्यसको अर्थ इरानबाट तेल खरिद गरे भारतले संरा अमेरिकी नाकाबन्दीको सामना गर्नुपर्नेछ ।
स्वराजसँगको भेटमा जारिफले इरानी आणविक सम्झौताबारे आफ्नो सरकारको धारणा प्रष्ट पार्नुभएको थियो । सो सम्झौताबाट संरा अमेरिकाले सन् २०१८ मा हात झिकेको थियो । सम्झौता संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्यसहित जर्मनी र युरोपेली सङ्घले पनि हस्ताक्षर गरेको थियो । संरा अमेरिकाले सम्झौताबाट हात झिकेकोमा युरोपेली देशहरू पनि सन्तुष्ट छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *