भैरव रिसाल

यो पृथ्वीमा एक दिन पक्र्क ऊर्जा सड्ढट पर्नेछ । अहिले विश्वभर जे–जति ऊर्जा र इन्धनको प्रयोग भइरहेको छ र यसको प्रयोग पनि बढ्दै छ । विश्वभर जति नै परिमाणमा इन्धन–तेल भए पनि एक दिन त अवश्यै भण्डार रित्तिन्छ । त्यो समयमा तेल यति धेरै आवश्यक पर्नेछ, त्यो सड्ढट टार्न सहज हुनेछैन । यहाँ ऊर्जा भनेर तेल, कोइलालाई लिइएको छ । जल ऊर्जा, वायु ऊर्जा परेका छैनन् यसमा । जब पृथ्वीमा ऊर्जा सड्ढट पर्छ तब त्यसको उपचार ‘हिलियम थ्री’ हुने भनिन्छ । ऊर्जाको वैकल्पिक स्रोत ‘हिलियम थ्री’ हुनेछ । यो पृथ्वीमा ‘हिलियम थ्री’ ५५ टनमात्र छ रे । तर चन्द्रमामा ‘हिलियम थ्री’ १० लाखदेखि ५० लाख टनसम्म छ रे । यति परिमाणको ‘हिलियम थ्री’ सम्पूर्ण पृथ्वीका लागि १० हजार वर्षलाई पुग्छ रे । चन्द्रमामा भएको ‘हिलियम थ्री’ को चीनले सन् १९५० देखि नै अध्ययन सुरु गरेको छ रे । उक्त प्रकारको समाचार कान्तिपुर दैनिकले २०६४ कार्तिक ११ गते छापेको थियो । त्यसपछि ‘हिलियम थ्री’ बारे अरु समाचार पढ्न पाएको छैन । के प्रगति भो वा यथावत छ कुनै सूचना थाहा भएन । यसको अरु अध्ययन एवम् खोजी बृहद् मानव समाजका लागि परम उपयोगी हुने कुरा स्पष्ट छ । साँच्चै हो ऊर्जा भण्डार रित्तियो भने यो पृथ्वी आज जसरी चलिरहेको छ त्यो त सम्भव हुँदैन । त्यसकारण पनि वैकल्पिक अर्को भरपर्दो स्रोत पत्ता लगाउनुपर्छ । यो वैकल्पिक स्रोत चन्द्रमामा भएको ‘हिलियम थ्री’ को साङ्गोपाङ्ग अध्ययन विश्लेषण सूक्ष्मरूपमा पनि थालिहाल्नु राम्रो होला ।
मान्छे बस्ने योग्य अर्को ग्रह ?
विश्वमा ऊर्जा आपूर्ति गर्ने वैकल्पिक स्रोतका रूपमा फ्रान्सको दक्षिणतिर इन्टर नेसनल थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रियाक्टर इटियर स्थापना गरेका छन् रे । यस कामका लागि सो परियोजनाको निम्ति १३ अर्ब अमेरिकी डलर छुट्याइएको थियो । त्यो हतियारले परमाणु विखण्डन गर्ने होइन संश्लेषण ‘फ्युजन’ गर्ने हो । त्यसो गर्दा परमाणु विकिरण पनि हुँदैन भन्ने अर्को गहन समाचार पनि छापिएको थियो पत्रिकाहरूमा । संसारका जिम्मेदार वैज्ञानिक र प्राविधिकहरू भोलिको, पर्सिको विश्वलाई निरन्तर सुचारु सञ्चालनका निम्ति बुद्धि घोटिरहेका छन् । अर्का वैज्ञानिक स्टिफन हकिन्स जो सन् २०१८ को मार्च १४ मा बिते – ठूलो खोजीमा लागेका थिए । विडम्बना या आश्चर्य उनी स्वयम् अपाङ्ग थिए । उनी न्यूटन र आइन्स्टाइनपछिका ब्रह्माण्ड र क्वान्टम थ्योरीका अनुसन्धानदाता थिए । जहिले पनि सृष्टिको रचनामाथि म केन्द्रित छु भन्थे । संसारका विशिष्ट विद्वानहरूलाई मान्छे बस्न योग्य अर्को ग्रह पत्ता लगाउने चुनौती छ भन्न थालेका छन् । यस्ता अनियमित एवम् अभिलेख नभएका तर मानिसका सुखद र सुन्दर भविष्य कसरी सुनिश्चित गर्न सकिन्छ भनी अत्याधुनिक प्रयोगशालाहरूमा साधना गरिरहेका छन् । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा यस्ता गम्भीर मुद्दामा बेला–बेला मस्तिष्क मन्थन गर्ने गरिन लागेको छ । त्यस्ता अनुष्ठानमा विभिन्न राष्ट्रका मान्छे बोलाइन्छ जसलाई वल्र्ड गभर्मेन्ट समीट पनि भनिन्छ ।
नयाँ कुरा पत्ता लाग्यो नयाँ सभ्यता भयो
मान्छे सुरुताका आगो पत्ता लगाउन सक्दैनथ्यो । जनावरको शिकार गथ्र्यो ढुङ्गाले हानेर र काँचै मासु लुछेर खान्थ्यो । मान्छेसँग ढुङ्गाले हानेर मारेका जनावरहरूको छाला काट्ने र मासु काट्ने हतियार पनि हुँदैनथे । हात र नङ प्रयोग गरेर काम गर्थे । ढुङ्गा तीखो पारेर उद्याउने, धारिलो पार्ने गर्थे ढुङ्गालाई नै र बाँचेका थिए । जब आगो पत्ता लाग्यो मान्छेको जातले तब मानव सभ्यता पाषाण युगको सभ्यताबाट अग्नि युगमा, अनि धातु युगमा प्रवेश ग¥यो । फलाम पगालेर, गालेर हतियार बनाउने सभ्यता धातु सभ्यता वा धातु युगमा प्रवेश ग¥यो । जनावरमध्ये पनि गाई पत्ता लगाउँदा मान्छे जाति निकै प्रसन्न भयो । गाई दूध दिने, मासु पनि हुने, छालाले जीउ ढाक्न हुने सबै थोक लाग्ने प्राणी भयो । भेडा पत्ता लागेपछि मानव सभ्यता निकै अघि बढ्यो । यसै क्रममा अन्न पत्ता लगायो मान्छेले । तब मान्छे पनि दुईखुट्टे जनावरबाट मान्छे जातितिर विकास हुनथाल्यो । अब आगोमा पानी उमाल्दा बाफ आयो । बाफले छोपेको भाँडो हल्लाएको देख्यो, मान्छेको जातले र बाफलाई शक्तिको स्रोत रहेको पनि पत्तो लगायो । मान्छे पूर्णतातिर अघि बढ्ने क्रममा अनुसन्धान गर्नतिर पनि लागिरह्यो, नयाँ संरचना रच्न लाग्यो । फलाम पगाल्न सिपालु भयो, हतियार बनाउन थाल्यो । ढुङ्गाले हानेर मार्नुपर्ने युगबाट फलामको हतियार प्रयोग गरी सिकारी युगमा प्रवेश गर्दा एउटा ठूलो परिवर्तनको अनुभव भयो । अझ बाफको शक्तिलाई फलामका यन्त्रमा जोडी त्यसमा गति पैदा भएपछि मान्छे अर्को सभ्यतामा प्रवेश ग¥यो ।
दुबईमा नेपालको अतिथि सत्कार
दुबईमा यस्ता वल्र्ड गभर्मेन्ट समीट समय–समयमा आयोजना भइरहन्छन् । एकपल्ट ‘खुसी’ विषयमा यस्तै अनुष्ठान भयो । त्यसमा सरकारमा मन्त्री कुनै गएनन्, लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले भाग लिए । अर्को वर्ष कृत्रिम बौद्धिकता
(आर्टिफिसियल इन्टेलिजेन्स) भन्नेमा अनुष्ठान भयो । यस्ता कुराले मानव सभ्यता र संस्कृतिको संरक्षण र विकासका प्रयासलाई अन्तःसम्बन्धित बनाउने प्रयत्न गरिनुपर्छ भन्ने लाग्छ । नेपालको सभ्यता विभिन्न हावा–पानी, वातावरण र जातजातिको बस्ती अनुकूल विकास भइआएको छ । कर्णाली सभ्यता सायद नेपालको पहिलो सभ्यता हो । कर्णालीको सिंजा उपत्यकामा मलेरु राजाका पालामा नै सिंचाईका लागि कुलो बनाइएको पाइएको छ । त्यो कुलोले सिँचाइ गर्न विवादरहित पानी बाँड्ने परिपाटी बनाइएको रहेछ सिँजा उपत्यकामा सिँचाइ ! त्यो पनि मलेरु राजाको पालामा । नेपालको निर्विवाद सिँचाइको थिति कास्कीको पोखरामा, बुटवलको कुलोबाट पानी वितरण हुने प्रणाली उच्च सभ्यता र संस्कारका नमुना थिए । मितव्ययी समाज अतिथिलाई उच्च सम्मान गर्ने संस्कार नेपाली सभ्यताका उत्तम झलक हुन् वस्तुतः । बेलुकी आएको अतिथिलाई त भोकै सुताउनै नहुने । कति उच्च शिखरमा पुगेको नेपालको सभ्यता ? दुबईमा हुने त्यस्ता सम्मेलनमा नेपालको अतिथि सत्कार सभ्यताजस्ता विषय पनि अनुष्ठानको विषय बन्नुपर्ने । तर, सरकार कताको के केमा अलमलिन्छ । यस्तोमा ध्यान दिँदैन । आजको साँगुरिएको विश्वमा एक्लो भएर टिक्न निकै कठिन हुन्छ । यो साधारण कुरा हो ।
हो, चीनले बन्दाकोपी मागेको ?
मसँग एउटा टिपोट रहेछ २०५४ सालको । त्यसमा उल्लेख रहेछ चीन सरकारले दैनिक ७०० मेट्रिक टन बन्दाकोपी नेपालबाट आपूर्ति गर्ने सम्झौता गर्ने प्रस्ताव गरिएको रहेछ । साथसाथै ‘ड्रागन फ्रुट’ पनि माग गरिएको रहेछ । ड्रागन फ्रुटमा १४ प्रकारका पोषक तत्व हुनेरहेछ । यो ड्रागन फ्रुट नेपालमा जताततै फल्न सक्छ रे । कोरिया, जापान, चीनमा ड्रागन फ्रुटलाई निकै लक्जरी (शौकिन) डेजर्टको दर्जामा लिइनेरहेछ । चीनमा खसी, राँगा, बङ्गुरको मासु धेरै मन पराइन्छ रे । ती वस्तु अहिले क्यानडा, संरा अमेरिका, युक्रेन, रुस, ब्राजिलजस्ता देशबाट आयात हुँदोरहेछ । सबैभन्दा बढी करोडौँ करोडको त ब्राजिलबाट मात्र आयात हुन्छ रे । नेपालले २०७४ को दसैंमा ६ अर्ब रुपैयाँको खसी आयात गरेछ । चीनसँग रेलवे सेवा सञ्चालन गर्नेबारेमा छलफल चलिरहेछ दुवै पक्षबीच । एकथरीको तर्क छ रेलवे सेवा स्थापना र सञ्चालन भयो रे ल ! अब नेपालले के–के कुन–कुन वस्तु चीन पठाउने ? भन्ने हल्ला छ । यदि रित्ता डिब्बा गुड्ने हुन् भने त्यो रेलवेको के अर्थ ? भन्ने जायज प्रश्न उभिएका छन् । चीन जब २५ वर्षअघि दिनको ७०० टन बन्दाकोपीको माग गथ्र्यो भने अहिले पक्कै अरू बढी माग गर्ला । गुणस्तरीय तरकारी, फलफूल, मासु जेजे उत्पादन गरे पनि त्यत्रो विशाल जनसङ्ख्या भएका दुई मित्रराष्ट्र छिमेकी छन् भने बजारको कठिनाइ नहोला । तर वस्तु भने गुणस्तरीय हुनैपर्छ ।
यी सम्पदा पुनःस्थापना गर
नेपालमा अहिले सरुवा रोगबाट भन्दा नसर्ने रोगबाट धेरै मान्छे मर्छन् । पहिले नसर्ने रोगबाट भन्दा सर्ने रोगबाट धेरै मान्छे मर्थे । केही वर्षदेखि नसर्ने रोगबाट धेरै मान्छे मर्न थालेपछि सरोकारवालाहरूको ध्यान त्यता जान लागेको छ । नेपालको वातावरण केही वर्षदेखि यति धेरै बिग्रिएको छ जुन कुराले विश्व स्वास्थ्य संस्था पनि छक्क पर्छ । हावापानीजस्ता हरेकमा नकारात्मक परिणाम विश्व स्वास्थ्य संस्थाको न्यूनतम मापदण्डभन्दा बढी छ । केही विषयमा त बढी पनि ज्यादै बढी छ । स्वच्छ, स्वस्थ र निरापद हावा प्राण वायु हो मान्छेको । कुनै पनि जीवित प्राणी एवम् वनस्पतिको अक्सिजनको खुला भकारी हो, ढुकुटी हो । रुख, अन्न, फलफूलजस्ता ठोस र तरल पदार्थ नखाई महिनौँमहिना बाँच्न सक्छ मान्छे । पानी नखाई पनि निकै घण्टा बाँच्छ । तर हावा नभई धेरै बेर बाँच्न सक्दैन । यहाँ हावा भनेको प्राण वायु हो, अक्सिजन हो । स्वच्छ, हावा म नागरिकको मौलिक अधिकार हो । उज्यालो घाम मेरो भौतिक सम्पदा हो । मैले मेरो भागको आकाश सुरक्षित पाउनुपर्छ । स्वच्छ र शुद्ध पानी पेटभरि खान पाउनुपर्छ । यी माथिका कुरा मेरो जीवनसँग जीवन्ततासँग अवगुण्ठित छन् । मेरा आँखाले हरियाली देख्न पाउनुपर्छ । रुख, वन, बुट्यान, झाडी, सीमसार स्वच्छ हावाका कारखाना हुन् । सागबारी, काउली, बोडी, लहरे तरकारी, फलफूलका बोट पनि स्वस्थ हावाका फ्याक्ट्री हुन् । यी जिनिसहरूले निःशुल्क अक्सिजन प्रावह गर्छन् । तर, खोइ हरियाली, खोइ काउली बारी र खोइ सीमसार । यी मानिसका सम्पदा पुनः स्थापना गर !
रोबोटजस्तै भए मान्छे नि ?
आजका सचेत वा चेतनशील व्यक्तिहरूले स्वस्थ, सुरक्षित एवम् निरापद पृथ्वी कसरी बनाउने वा कायम राख्ने भन्ने बृहद् उत्तरदायित्व पूरा गर्नेतिर आफूलाई केन्द्रित गर्नुपर्छ होला । पानी प्रशोधित गर्नसक्यो विज्ञान र प्रविधिले तर पानी भने सुलभ एवम् पर्याप्त मात्रामा प्राप्त हुने गरी बनाउन सकेको छैन । साथै विज्ञान र प्रविधिले रगत उत्पादन गर्न पनि सकिरहेको छैन । धेरैअघिको पाषाण युग र अझ पूर्वपाषाण युगसँग तुलना गर्दा विज्ञान र प्रविधिले चमत्कारै गरेको छ । तर अब सय वर्षपछिको मानव समाजलाई यो पृथ्वीले कसरी पाल्छ ? भन्ने प्रश्न तेर्सिएको छ । किनभने आजको मान्छेले पृथ्वी, आकाश र पातालका स्रोत र सम्पदासमेत सिध्याउन लागिसक्यो । अति उपभोगले स्रोत र सम्पदा रित्तिन थालेका छन् । वैकल्पिक स्रोत अब भोलिको पुस्तालाई अनिवार्य भएको छ । विकल्प खोज्ने क्रममा विशिष्ट अनुसन्धाता तथा प्रज्ञाशालीहरू आफ्नो परिकल्पना शक्तिको प्रयोग मान्छे बस्नलायक अर्को ग्रह पत्ता लगाउने चुनौती स्वीकार गर्नसमेत लागेका छन् । न्युटन, आइनस्टाइन, स्टीफन हकिन्सजस्ता विशिष्ट वैज्ञानिकहरूको खाँचो छ अब । आजको मान्छे सुखको, आरामको, विनापरिश्रमको दैनिकीतर्फ लोभिँदै गएको छ । रोबोट आविष्कार ग¥यो मान्छेकै जातिले । अब त्यो मान्छेले निर्माण गरेको रोबोट हाड, छाला, मासु, बोसो, नशा, मस्तिष्क, कल्पना शक्ति भएको मान्छेको विकल्प हुनसक्ला त ! कथं त्यसो भयो भने यो दुनियाँमा मान्छे पनि के बाँकी रहला ? एउटा कल्पना ! प्रश्न !
संस्कार जोगाउन नसक्ने मेरो पुस्ता
अब फेरि लागौँ स्वस्थ पृथ्वीतिर नै । धेरै थरी पारिस्थितिकीय प्रणाली एवम् वातावरणीय अवस्था छ नेपालमा । आकार र स्वरूपमा सानो भए पनि प्राकृतिक एवम् पारिस्थितिकीय सम्पदा धेरै हुनु नेपालको सकारात्मक यथार्थ हो । नेपाललाई प्राकृतिकरूपमा अनुकूल बनाइराख्न पनि हरियो, भरिलो र रसिलो बनाइराख्नुपर्ने चुनौती छ । मैले पढेको ठूला पात हुने रुख प्राणवायुका–अक्सिजन–भण्डार हुन् । तसर्थ पीपल, बर, तिमिलो, सालजस्ता ठूला पात हुने जातका वृक्ष जोगाऔँ, त्यस्ता विरुवा रोपौँ । चौतारा बनाएर वरपीपल हुर्काइ स्वस्थ रहन प्रयत्न गरौँ । नेपालका अघिल्ला झन् अघिल्ला पुस्ताले, बाजे, बुढाबाजे, कुप्रा बाजे–बज्यैले कत्रो दीर्घकालीन उच्चतम् संस्कार छोडेर गएका रहेछन् । मेरो पुस्ताले ती उच्चतम सम्पदा जोगाउन सकेन । पोखरा उपत्यकामा यति धेरै पीपल र वरका रुख थिए, चौतारा थिए । मेरो पुस्ताले सडक चौडा पार्ने नाममा ती सम्पदा मास्यो र स्वस्थ रहन अस्पतालहरू खोल्यो । हावा स्वस्थ हुन्थ्यो । सोखिन मान्छेहरू बेलुकीको हावा खान घर बाहिर निस्कन्थे । काठमाडौँ सहरमै पनि ठाउँ–ठाउँमा खाली ठाउँ हुन्थ्यो, सिङ्गो टुँडिखेल थियो । टुँडिखेल सहरियाहरूको साझा सम्पत्ति थियो । सानु टुँडिखेल थियो । सडक कालोपत्रे थोरै ठाउँमा थियो सिंहदरबारदेखि नारायणहिटी दरबार दुवै बृटिश राजदूतावास लैनचौरसम्म । अरू सडक ग्राभिलवाला थिए । धूलो उड्थ्यो मोटर, घोडेबग्गी गुड्दा । तर, त्यसरी उड्ने धूलोमा रसायन अन्तर्घुलन भएको हुँदैनथ्यो । मान्छेले पचाउँथ्यो । आज सानु टुँडीखेल खेलकुदको बिर्ता भयो । नेपाली सेनाले सहिद ढोका र उताको टुँडिखेल खायो । हुँदा हुँदा होटेल (!) चलाएर व्यापारै पो त ग¥यो । यो त भएन नि ? यसरी मेरो पुस्ता पृथ्वीलाई स्वस्थ, स्वच्छ र निरापद राख्न जिम्मेदार भएन ।