भर्खरै :

तिब्बतमा उन्नत शिक्षा: सामन्ती भूदास प्रथाको अन्त्यपछि तिब्बतमा आधुनिक शिक्षा प्रणाली लागू गरियो ।

चाउ रुन्नियान (Zhau Runnioan)
सन् १९५९ ताका दक्षिण–पश्चिम चीनको तिब्बतमा भएको प्रजातान्त्रिक सुधारले त्यहाँका जनतालाई शिक्षाको अधिकार प्रदान ग¥यो । उक्त अगुवाइ तिब्बतको भूमिमा आधुनिक शिक्षा प्रणाली स्थापना गर्ने महत्वपूर्ण आधारशिला सावित भयो । त्यसयता तिब्बतको शिक्षा क्षेत्रमा महत्वपूर्ण रूपान्तरण भएको देखिन्छ । सामन्ती शिक्षादेखि समाजवादी शिक्षासम्म, सम्भ्रान्त वर्गीय शिक्षादेखि जनताकेन्द्रित शिक्षासम्म, परम्परागत शिक्षादेखि आधुनिक शिक्षासम्मको लामो यात्राले तिब्बतको शिक्षा प्रणालीकै मुहार फेरिदियो ।
बितेका ६० वर्षमा चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) कै नेतृत्वमा तिब्बतको शिक्षा प्रणालीको परिणाम र गुणस्तरमा अतुलनीय विकास भयो । पछिल्लो पाँच वर्षमा स्वशासित तिब्बत क्षेत्रमा शिक्षाको विकास बृहत्तर, नवीन र अभूतपूर्व (ground breaking) रह्यो । यो जनताको पुस्तौंदेखिको सङ्घर्षको परिणाम हो ।
अग्रगतितर्फ
प्रजातान्त्रिक सुधार हुनुभन्दा अघि तिब्बतको विद्यालय शिक्षा रुग्न अवस्थामा थियो । त्यहाँ साना विद्यालयहरूमात्र थिए र शैक्षिक सामग्रीको पनि अभाव थियो । गुम्बा र कुलीन वर्गले शिक्षालाई पूर्णरूपमा आफ्नो एकाधिकार एवं नियन्त्रणमा राखेकोले शिक्षा भूदासहरूको पहँुचमा थिएन ।
शिक्षामा सुधारको सुरुआतसँगै तिब्बती विशेषतासहितको समाजवादी शिक्षा प्रणालीको स्थापना गरिएको थियो । पूर्वविद्यालय शिक्षा, प्राथमिक शिक्षा, उच्च शिक्षा, माध्यमिक व्यवसायिक शिक्षा र प्रौढ तथा अनौपचारिक शिक्षासहितको पूर्ण शिक्षा व्यवस्था लागू गरियो जसले सम्पूर्ण तहगत प्रशासनिक एकाइहरू समेटेको थियो ।
तिब्बतको शैक्षिक स्तरोन्नति र सुधारका निम्ति चिनियाँ सरकारले कैयौं नीतिहरू प्राथमिकताका साथ लागू ग¥यो । बालोद्यान तथा पूर्वविद्यालय शिक्षादेखि उच्च माध्यमिक विद्यालयसम्म समेटिएको चीनको १५ वर्षे निःशुल्क शिक्षा नीतिबारे मनन गर्ने र लागू गर्ने विषयमा यस स्वशासित क्षेत्रले अग्रणी भूमिका निर्वाह ग¥यो । जबकि चीनका प्रायः ठाउँमा अझै पनि विद्यालयहरूले नौ वर्षको निःशुल्क शिक्षामात्र प्रदान गर्ने अभ्यास छ । उदाहरणको लागि ग्रामीण तथा दुर्गम ठाउँका निजी विद्यालयलाई प्रोत्साहन गरिएको छ, केही माध्यमिक र प्राथमिक विद्यालयहरूमा विद्यार्थीहरूलाई खाना, आवास र मासिक शुल्क मिनाहा गरिएको छ । गाउँ र सहरका माध्यमिक र प्राथमिक विद्यालयहरूमा विद्यार्थी अनुदान र छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ ।
अनिवार्य शिक्षा व्यवस्थाको सुनिश्चितता र विद्यार्थीले विद्यालय छोड्ने दर तथा प्रवृत्तिको नियन्त्रणका लागि पनि सरकारले कार्य गरिरहेको छ । गएको वर्ष उच्च माध्यमिक विद्यालय तहमा कुल भर्नादर ८२.३ प्रतिशत थियो । उच्च शिक्षा प्रणालीमा वैज्ञानिक विषयहरू र समष्टिगत क्षेत्रका विषयहरू समेटिएका छन् । ती विषयहरू तिब्बतको वास्तविक परिस्थिति र विशेषताका आधारमा निर्माण गरिएका हुन् ।
कार्यकर्ता र मजदुर तालिमसहित व्यवसायिक तथा अनौपचारिक र प्रौढ शिक्षा पनि छिटो विकास भएको देखिन्छ । पर्याप्त तालिमसहित विद्यार्थीहरूले राष्ट्रिय व्यवसायिक शिल्प प्रतियोगिताहरूमा भाग लिई सन्तोषजनक नतिजासमेत हासिल गरेका छन् । तिब्बतशास्त्र, पठार (Plateau), पर्यावरण (Ecology) र परम्परागत तिब्बती औषधिजस्ता विषयको अध्ययनमा तिब्बतलाई देशभरिकै मात्र नभई संसारमै पनि अब्बल स्थानमा राखिन्छ ।
तिब्बतको शिक्षाका लागि केन्द्रीय सरकारले सदैव पर्याप्त अनुदान रकमको व्यवस्था दिगो र सुनिश्चित गरेको छ । शिक्षामा सरकारी सहयोग तथा अनुदानको वृद्धिकै कारण सबै तहका शैक्षिक संस्थामा भौतिक संरचना निर्माण तथा शैक्षिक सामग्रीहरूको बन्दोबस्तमा उल्लेखनीय सुधार भएको छ । र्इँटा र काठबाट बनेका अधिकांश जीर्ण विद्यालय भवनहरू सुविधासम्पन्न कक्षाकोठा, प्रयोगशाला, छात्रावास, पुस्तकालय र अध्ययनकक्षसहितका आधुनिक प्रविधिबाट पुनःनिर्माण अर्थात् जीर्णोद्धार गरिएका छन् ।
सूचना प्रविधिको विकाससँगै तिब्बतमा इन्टरनेटको सहयोगमा अध्ययन अध्यापन भइरहेको छ । पम्परागत शिक्षाबाट डिजिटल शिक्षामा फड्को मार्दै छ । शिक्षाको नयाँ अवधारणा र तहहरूका आधारमा पूर्व र पश्चिम चीनको दूरी घटाउन उल्लेख्य प्रयत्न भइरहेको छ ।
विभिन्न अभ्यास तथा खोजमार्फत सबै तहका विद्यालयले स्थानीय विद्यार्थीहरूको आवश्यकताअनुसारका शिक्षण विधि अवलम्बन गर्दै छ । पाठ्यक्रममा परम्परागत तिब्बती सांस्कृतिक सम्पदाहरू जस्तै, तिब्बती व्याकरण र लिपिशास्त्र (orthography)  त्यसैगरी आधुनिक प्राकृतिक र सामाजिक विज्ञानका विषयहरू जस्तैः राजनीति, इतिहास, भूगोल, भौतिकशास्त्र, रसायनशास्त्र, सङ्गीत, कला र शारीरिक शिक्षा आदि समावेश गरिएका छन् ।
शैक्षिक विषयको दायरामा वृद्धि गरिएसँगै शिक्षकहरूले शिक्षण विधिमा पनि सुधार गर्ने प्रयास गर्दै छन् जसले विद्यार्थीहरूको चौतर्फी विकासमा टेवा पु¥याइरहेको छ ।
अनुभव
विगत ६० वर्षमा तिब्बतको शैक्षिक कार्यमा भएका उपलब्धिहरूको श्रेय निम्न पक्षहरूलाई दिन सकिन्छ –
सर्वप्रथम, सबै तहका पार्टी समितिहरूले शिक्षालाई सबैभन्दा उच्च महत्व दिए । जवाफदेही प्रणालीको स्थापना गरियो । प्राथमिक तहका पार्टी सङ्गठनहरूले पनि शैक्षिक विकासका लागि महत्वपूर्ण भूमिका खेले । सन् २०१८ को अन्त्यसम्ममा ३५,००० चिकपा सदस्यसहित १,९७० प्राथमिक तहका पार्टी सङ्गठनहरू तिब्बतको शिक्षा क्षेत्रको उन्नयनका लागि सक्रिय भए ।
दोस्रो, तिब्बतको शिक्षा प्रणालीका लागि त्यहाँको जातीय समुदाय (ethnic group) केन्द्रित केन्द्रीय सरकारको नीति प्राथमिक र आधारभूत आवश्यकता थियो । तिब्बतको वास्तविक परिस्थितिमा आधारित केन्द्रीय सरकारको नीति तथा उपायहरू सफल रहेको कुरा इतिहासले देखाएको छ । सन् १९५१ मा शान्तिपूर्वक तिब्बत स्वतन्त्र भएपछि पहिलो चरणमा शिक्षकहरू र विभिन्न जातीय समुदायहरूले संयुक्तरूपमा काम गरे र तिब्बती भाषालाई प्राथमिकतामा राखी शिक्षण विधि अपनाए । सन् १९८७ मा स्वशासित क्षेत्रले तिब्बती भाषाको उपयोग तथा विकासको नीति अवलम्बन ग¥यो । यस नीतिलाई प्रभावकारी ढङ्गले लागू गर्न, तिब्बतका विद्यालयहरूले तिब्बती भाषाको अध्ययन र प्रयोगलाई बलियो बनाउन विशेष पूर्वाधार बनाउनुपर्ने भयो । शैक्षिक उद्देश्य प्राप्तिका लागि आवश्यक सामग्री, पाठ्यपुस्तक, पाठ्यक्रम र शिक्षण कार्यक्रमहरू पूर्वाधारका रूपमा विकास गरियो ।
तेस्रो, तिब्बतको शिक्षाको कार्य त्यहाँको वास्तविक परिस्थिति, विशेषतः त्यहाँको जातीय तथा आन्तरिक विशेषताको आधारमा अगाडि बढ्यो । तिब्बत एक विशाल भूमि भए तापनि त्यहाँ थोरै जनसङ्ख्या र छरिएर रहेका बस्ती छन् । विभिन्न क्षेत्रको आर्थिक तथा सांस्कृतिक विकास सन्तुलित छैन ।
शिक्षा नीति तथा उपायहरू तिब्बतको यही अवस्थामा आधारित छन् । उदाहरणका लागि तिब्बत र मन्दारिन चिनियाँ भाषा ९ःबलमबचष्ल० को कृषि तथा चरण क्षेत्र र दुर्गम हिमाली क्षेत्रका शिक्षालयहरूमा दुई भाषा प्रयोगमा ल्याइएका छन् । परिस्थिति सुहाउँदो विद्यालय व्यवस्थापनका विविध उपायहरू अपनाइएका छन् । जस्तैः पूरा दिन चल्ने विद्यालय, आधा दिन चल्ने विद्यालय तथा मिश्रित ग्रेड कक्षाहरू ।
अन्त्यमा, तिब्बतको शिक्षा प्रणालीको प्रगति तथा उपलब्धि देशका अन्य भागको साथ र सहयोगबिना असम्भव थियो । त्यस्तो सहयोगमा सामग्री र सहयोगमात्र होइन, सबैभन्दा महत्वपूर्ण त शिक्षकहरू, शैक्षिक कर्मचारीहरू, व्यवस्थापकहरूको उपलब्धता हो, जसले विद्यालय कसरी सञ्चालन गर्ने भन्ने उपाय र आधुनिक व्यवस्थापनको अनुभव लिएर आए ।
थप कुरा भन्नुपर्दा, राष्ट्रिय नीतिको एक खण्डको रूपमा चीनको मुख्य भू–भाग विद्यालय, कलेज र विश्वविद्यालयले तिब्बतका विद्यार्थीलाई भर्ना गरे र स्वशासित क्षेत्रका विद्यालयहरूलाई सहयोग गरे । सन् १९८५ को सेप्टेम्बरदेखि हालसम्म ७० हजार भन्दा धेरै तिब्बती विद्यार्थीहरूले स्वदेशी क्षेत्रका माध्यमिक विद्यालयहरूमा भर्ना पाएका छन् ।
(लेखक चाउ चीनको मिन्चु विश्वविद्यालयका तिब्बतसम्बन्धी अध्ययन अनुसन्धान संस्थाका प्राध्यापक हुन्)
अनुवादः हौसला
पेइचिङ रिभ्यू २०१९
Beijing Review Vol. 62
No. 15 April 11 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *