भर्खरै :

चीनमा एसियाली सभ्यता संवाद सम्मेलन

पेइचिङ, १६ मे । चीनका राष्ट्रपति सी चिनफिङले बुधबार सभ्यताको शान्तिपूर्ण सहअस्तित्वको लागि सबै देशले आपसमा समान रूपमा व्यवहार गर्नुपर्ने बताउनुभएको छ ।
बुधबार चीनको राजधानी पेइचिङमा एसियाली सभ्यता संवाद सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै सीले विभिन्न सभ्यता आपसमा ठोकिनु नियति नभएको बताउनुभएको छ । सभ्यताहरूबीच आपसी सम्बन्ध जोड्ने र साझा भविष्यको लागि आपसमा सिक्ने लक्ष्य एसियामै पहिलोपटक सो सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा विभिन्न ४७ एसियाली देशहरू र एसियाली बाहेकका झण्डै ५० देशहरूका हजारौं मानिस सो सम्मेलनमा सहभागी छन् । “संसारले आज सामना गरिरहेको चुनौती गहिरिंदै गएको अवस्थामा संसारभरका सबै देशले मूर्त पहल सुरू गर्न जरुरी छ ।”, साझा चुनौती सामना गर्न संस्कृतिको भूमिकाबारे प्रकाश पार्दै सीले भन्नुभयो ।
केही देशले ‘सभ्यताको द्वन्द्व’, अपमान, एकतन्त्रवाद र आत्मकेन्द्रित मानसिकताबाट ग्रसित भएको अवस्थामा सो सम्मेलनको आयोजना भएको हो ।
पेइचिङ विश्वविद्यालयका प्राध्यापक छियान छेङतानले सीद्वारा प्रस्तावित सो कार्यक्रम वर्तमान राजनीतिक अवस्थामा निकै सान्दर्भिक भएको बताउनुभयो । “सम्मेलनले विभिन्न सभ्यताबीच आपसी समझदारी विकास गर्नुका साथै मानव जातिको उज्यालो भविष्यतिर बाटो निर्माण गर्नेछ ।”, छियानले भन्नुभयो ।
सीले सबै सभ्यताले एकअर्काको सौन्दर्यको प्रशंसा गर्ने संस्कृति रहेसम्म विभिन्न सभ्यताबीच कुनै द्वन्द्व नहुने बताउनुभयो ।
“एउटा सभ्यता वा जाति अरुभन्दा अब्बल भन्ने कुरामा विश्वास गर्नु नै मूर्खता हो ।”, उहाँले भन्नुभयो, “कुनै अरु सभ्यताको पुनः आकार दिन खोज्नु वा विस्थापित गर्नु विध्वंसकारी हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *