भर्खरै :

आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन हुने

भक्तपुर, ४ जेठ । ख्वप कलेजले ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयमा दुईदिने राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जेठ ३१ र ३२ गते उक्त सम्मेलन भक्तपुरमा हुने कलेजले जनाएको छ ।
आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पहिलो पटक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा संस्थागत, व्यक्तिगत र विद्यार्थीहरुबाट विभिन्न विषयमा कार्यपत्रहरु प्रस्तुति हुनेछ ।
एकाउन्टेन्सी, फाइनान्स, मार्केटिङ्ग, फाइनान्सिएल मार्केट, लेवर रिलेसन, इन्टरनेसनल ट्रेड, इकोनोमिक ग्रोथ एण्ड डेभलपमेन्ट, ह्युम रिसोर्स म्यानेजमेन्ट, प्रोडक्सन एण्ड अपरेसन म्यानेजमेन्ट, इन्टरप्रियनर्स डेभलपमेन्ट, बैङ्किङ एण्ड इन्स्युरेन्स तथा म्यानेजमेन्टसँंग सम्बन्धित विषयमा रहेर कार्यपत्र प्रस्तुत गर्न सकिने जनाइएको छ । त्यसका लागि विभिन्न विज्ञहरुलाई आह्वान गरिसकेको कलेजले जनाएको छ ।
सम्मेलनमा देशभरबाट एक सयदेखि एक सय ५० जनाको सहभागिता रहने कलेजको अपेक्षा छ । विसं २०५८ मा स्थापित कलेजले २०७८ मा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना रहेको जनाइएको छ ।
सम्मेलन तीन चरणमा हुने जनाइएको छ । उद्घाटन, टेक्निकल सेक्सन र समापन हुने जनाइएको छ । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न राजन फाजूको संयोजकत्वमा विभिन्न समितिहरु गठन गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *