भर्खरै :

पर्यावरणीय परिवर्तनबारे क्युवाद्वारा विशेष प्रस्ताव पेश

समाजवादी देश क्युवाले पर्यावरणीय परिवर्तनका दुष्प्रभाव समाधान गर्न बहुपक्षीय प्रयत्नको समन्वयका लागि विशेष प्रस्ताव पेश गरेको छ । पर्यावरणीय परिवर्तन र दिगो विकासबीचको सम्बन्धलाई लिएर काम गर्ने संरा संघको उच्चस्तरीय बैठकमा बोल्दै राष्ट्र संघका लागि क्युवाका स्थायी प्रतिनिधि अना सिल्भिया रोड्रिग्युजले भने,‘ पर्यावरणीय परिवर्तन विश्वव्यापी चुनौती हो जसको तत्काल, न्यायपूर्ण र सन्तुलित समाधानका लागि संसारका सबै देशहरुको इमान्दार र प्रभावकारी संलग्नता आवश्यक छ ।’
उनले पर्यावरणीय परिवर्तनका सबभन्दा गम्भीर असर साना टापुका विकासशील देशहरुमा परेकोमा जोड दिइन् । क्यारिबियाली समुद्रमा क्युवाको भौगोलिक अवस्थितिका कारण पर्यावरणीय परिवर्तनको प्रत्यक्ष असर क्युवाली टापुले पनि भोगिरहेको उनले जानकारी दिइन् ।
क्युवाको राष्ट्रिय मौसम प्रतिष्ठानले गरेको अध्ययनले क्युवाको पर्यावरण विगतको भन्दा गर्मी भएको प्रष्ट रुपमा देखाएको छ । बितेको शताब्दीको मध्यतिरबाट क्युवाको औसत तापक्रम झण्डै ०.९ डिग्री सेल्सल बढेको छ । साथै योबीचमा खडेरीको समय बढ्नुका साथै आँधीबेहरी बरोबर दोहोरिने गरेको छ ।’, उनले भनिन् ।
रोड्रिग्युजले क्युवा पेरिस पर्यावरणीय सम्झौताप्रति प्रतिबद्ध रहेको दोहो¥याइन् । ‘पेरिस सम्झौताप्रति क्युवाको राजनीतिक इच्छाशक्ति र पूर्ण सम्मान छ तर यो सम्झौताको कार्यान्वयनको लागि जिम्मेवारी फरक फरक हुनुपर्दछ ।’, उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *