भर्खरै :

प्रयोगशाला बिज्ञान तथा प्रबिधि मेलामा १७ देशले भाग लिने

हानोइ (भियतनाम), १४ चैत्र । भियतनामको राजधानी हानोइमा आगामी बुधबारदेखि शुरु हुन गै रहेको बैज्ञानिक प्रयोगशाला प्रबिधि मेलामा विश्वका बिभिन्न मुलुक तथा क्षेत्र समेत सत्र स्थानका एकसयबीस वटा बैज्ञानिक संगठन तथा कम्पनीहरु सहभागी हुने भएका छन् ।
यसै महिनाको २९ देखि ३१ तारिख गरी तीन दिन सम्म चल्ने उक्त मेलामा बेलायत, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, सिङ्गापुर र संयुक्त राज्य अमेरिका जस्ता विश्वका प्रमुख औद्योगिक राष्ट्रका प्रतिनिधि संस्थाहरुले भाग लिने छन् ।
आधुनिक प्रबिधियुक्त बैज्ञानिक प्रयोगशाला, प्रबिधीय बिश्लेषण, मानवीय व्याधिजन्य समस्याको सम्बन्धमा प्रयोग हुने जैविक र इन्जियरिङ्ग प्रबिधि, रोग निदानका लागि प्रयोग हुने प्रबिधि इत्यादि तेश्रो पुस्ताको बैज्ञानिक अनुसन्धान प्रयोजनका लागि उपयोगी प्रबिधि सम्बन्धि यस अन्तर्राष्ट्रिय पाँचौ मेलालाई ूफिफ्थ इन्टरनेशनल ट्रेड फेयर फर ल्याबोरेटरी टेक्नोलोजी, आनालाइसिस्, बायो–टेक्नोलोजी एण्ड डाय्ग्नोस्टिक अर आनालाइटिका भियट्नाम – २०१७ू भन्ने नामाकरण गरिएको छ ।
यस बर्षको बिज्ञान तथा प्रबिधि मेलामा सहभागी हुने संगठन वा कम्पनीहरुको सङ्ख्या पोहोरको भन्दा २५ प्रतिशतले बढ्ने जनाइएको छ ।
मेलामा सहभागी हुने प्रदर्शनकारीहरुले आ–आफ्ना स्टल (पेभिलियन) बाट हालसम्म पत्ता लागेका अत्याधुनिक प्रबिधि, उपकरण तथा औजार, बैज्ञानिक समाधान र सेवाका रुपरेखा, बिश्लेषणीय प्रबिधि, जीवन–विज्ञान तथा जैबिक प्रबिधि जस्ता बिषयमाथि जानकारी मूलक सूचना प्रदान गर्नेछन् । रासस ÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *