भर्खरै :

वैद्य नेतृत्वको माओवादीले निर्वाचनमा भाग लिने

काठमाडौँ, १९ चैत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
सो पार्टीका अध्यक्ष मोहन वैद्यले आज जारी गर्नुभएको विज्ञप्तिमा यही चैत १४ र १५ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले स्थानीय निर्वाचन जनताको अत्यावश्यक तथा दैनिक कामको व्यवस्थापनसँग जोडिएको, क्रान्तिको तयारीका लागि जनाधार तयार पार्न तथा जनताकाबीचमा सङ्गठन विस्तार गर्न आवश्यक बन्न गएकाले निर्वाचनको क्रान्तिकारी ढङ्गले उपयोग गर्न आवश्यक रहेको उल्लेख छ ।
पार्टीद्वारा सिधै नभई सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा संयुक्त मोर्चाका नाममा सो पार्टीले निर्वाचनमा भाग लिन लागेको हो । चुनाव उपयोग गर्दा दक्षिणपन्थी र बहिष्कार गर्दा क्रान्तिकारी भइन्छ भन्ने मानसिकता गलत भएको विज्ञप्तिमा जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *