भर्खरै :

लोपोन्मुख कुसुण्डालाई भाषा र झोला बुनाइ तालिम

दाङ, ५ वैशाख । लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषा प्रशिक्षण तालिम सोमबार घोराहीमा सम्पन्न भएको छ ।
आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको आर्थिक सहयोग र नेपाल कुसुण्डा विकास समाज केन्द्रीय कार्यालय घोराहीको व्यवस्थापनमा तालिम समापन गरिएको हो ।
कुसुण्डा भाषा संरक्षणका लागि तालिम सञ्चालन गरिएको हो । दाङ, सुर्खेत, प्युठानका २५ जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा ज्ञानीमैया कुसुण्डा र कमला खत्री कुसुण्डा रहनुभएको थियो ।
कुसुण्डा समुदायका युवायुवतीलाई भाषाबारे ज्ञान दिन चैत २५ गतेदेखि प्रशिक्षण तालिम प्रदान गरिएको थियो ।
यसैबीच कुसुण्डा समुदायका महिलाको सीपमार्फत आर्थिक वृद्धि गर्नका लागि दश दिने फाइबर झोला बुनाइ तालिम दिइएको छ । जिल्ला समन्वय समितिको सहयोगमा कुसुण्डा समुदायका महिलालाई फाइबर झोला बुनाइ तालिम दिइएको हो ।
प्लास्टिकले बजारको सरसफाइलाई चुनौती दिएको समयमा कुसुण्डा समुदायका महिलालाई फाइबर झोला बुनाइ तालिम दिइएको हो ।
दाङ जिल्लाका पाँच जना कुसुण्डा समुदायका महिलालाई तालिम दिइएको हो । लोपोन्मुख अवस्थामा रहेका कुसुण्डा समुदायका महिलालाई सीपमार्फत आत्मनिर्भर गराउन तालिम दिइएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *