भर्खरै :

प्रधानमन्त्रीसमक्ष प्रज्ञाप्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
सोही अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिष्ठानका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुलुक सङ्घीय संरचनामा अगाडि बढिरहेको सन्दर्भमा प्रतिष्ठानको पुनःसंरचनाबारे नीति, योजना, कार्यक्रम बनाएर अगाडि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री सो प्रतिष्ठानका प्रमुख संरक्षक हुनुहुन्छ । कुलपति उप्रेतीले प्रतिष्ठानका लागि अपुग बजेटको व्यवस्था गर्न आग्रह गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *