भर्खरै :

शान्ति वार्तामा आउन या युद्धको सामना गर्न तालिवानीलाई अन्तिम चेतावनी

काबुल, २३ जेठ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मङ्गलबार तालिवान विद्रोही समूहलाई शान्ति वार्तामा आउन या युद्धको परिणाम भोग्न अन्तिम चेतावनी दिनुभएको छ ।
राजधानी काबुलमा आयोजित अन्तरराष्ट्रिय शान्ति सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उहाँले तालिवान विद्रोही समूहसँग दुइवटा विकल्प रहेको औंल्याउनु हुँदै समय घड्किएर गइरहेको अवस्थामा अफगानिस्तान सरकार देशमा शान्ति कायम गर्न विद्रोही समूहलाई अन्तिम अवसर दिँदैछ, ।
यसलाई कि त यो ग्रहण गर्नुप¥यो, नभए युद्धको परिणाम भोग्न तयार हुनु प¥यो भनी सचेत गराउनुभएको छ । रासस÷एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *