भर्खरै :

सस्तो स्वास्थ्य सेवा प्रदान गर्न ख्वप अस्पताल

भक्तपुर जेठ २४ गते ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनतालाई सस्तो स्वास्थ्य सेवा प्रदान गर्न ख्वप अस्पताल स्थापनाको लागि नगरपालिकाले जोड दिइरहेको बताउनुभयो ।
स्वास्थ्य विमा समिति र जनस्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा भएको स्वास्थ्य विमा सम्बन्धि छलफल कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले स्वास्थ्य कार्यकर्ताहरुले जनताको घर घरमा गएर सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले संविधानमा निःशुल्क स्वास्थ्य उपचारको प्रावधान राख्ने नेमकिपाले जोड दिएको बताउँदै स्वास्थ्य उपचार महंगो हुँदै गइरहेको बेला स्वास्थ्य विमाले केही सहयोग मिल्ने बताउनुभयो ।
ख्वप बहु प्राविधिक अध्ययन संस्थान भक्तपुरका प्राचार्य डा. रत्नसुन्दर लासिवाले स्वास्थ्य विमा सम्बन्धि प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरु स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *