भर्खरै :

गैर सरकारी संस्थाहरुको चलखेल कै कारण नेपालको कम्युनिष्ट आन्दोलन कमजोर (भिडियोसहित)

काठमाण्डौ, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गैर सरकारी संस्थाहरुको चलखेल कै कारण नेपालको कम्युनिष्ट आन्दोलन कमजोर भएको बताउनुभएको छ ।
सगरमाथा टिभीका जीवराम भण्डारीसंग पछिल्लो राजनीतिक परिस्थितिबारे कुराकानी गर्नुहुँदै उहाँले गैससंहरुले पार्टीका कार्यकर्ताहरुलाई डलरको लोभमा फसाएको हुँदा कम्युनिष्ट आन्दोलन
धरासायी भएको बताउनुभएको हो । गोलीले हराउन नसकिने कम्युनिष्टहरुलाई चास्नी पोतेको गोलीले हराउन सकिन्छ भन्ने नीति अनुरुप नै साम्राज्यवादीहरुले नेपालमा NGO/INGO को चलखेल बढाएको विचार व्यक्त गर्नुभयो ।
एमाले र माओवादी नाम मात्रैका कम्युनिष्ट भएको बताउँदै उहाँले पूँजीवादी सरकारमा गएर उनीहरुले वर्गीय आधार बिर्सेर कम्युनिष्ट सिद्धान्तविपरित पूँजीवादी नीति कार्यक्रमहरु लागू गरेको बताउनुभयो ।
भूमण्डलीकरण कमजोर देशहरुमाथि नवउपनिवेश लाद्ने साम्राज्यवादीहरुको नयाँ हतियार भएको बताउँदै उहाँले यसले देशको राष्ट्रिय अर्थतन्त्र धरासायी बनाउने बताउनुभयो । विदेशी पूँजी भित्रिएसंगै नेपालका व्यवसायीहरु ‘नाङलो पसल’मा रुपान्तरण हुने खतरा रहेको बताउनुभयो ।
उहाँले बुद्धिजीवीहरु देशभक्त र इमान्दार नभएसम्म देश उभोँ नलाग्ने बताउँदै पद र पैसाको लोभमा फसेका बुद्धिजीवी कै कारण देशले दुःख पाएको बताउनुभयो ।
भारतले नेपालमा दबाउने अर्को शक्ति नभेटिएसम्म मधेसवादी दलहरुलाई शान्तिपूर्ण राजनीतिमा नल्याउने बताउँदै उहाँले भारतले कुनै पनि हालतमा नेपालमा अशान्ति र असमझदारी कायम गर्न खोजिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *