भर्खरै :

आर्थिक समृद्धिका लागि लघु उद्योग

ललितपुर, २१ असार । सरकारी र गैरसरकारी निकायका प्रतिनिधि, लघु, घरेलु, साना तथा मझौला उद्यमीले साना उद्योगले मात्रै आर्थिक समृद्धि सम्भव नहुने बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी–गर्भनर चिन्तामणि सिवाकोटीले लघु तथा घरेलु उद्यमीलाई आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “लघु उद्योगको विकास गर्न सकेमा मुलुकको विकासमा सहयोग पुग्छ ।” मुलुकमा वित्तीय जागरण ल्याउन आवश्यक भएको उहाँको भनाइ थियो । वित्तीय साक्षरता सम्बन्धी रणनीति तयार गरी सरकारलाई बुझाएको सिवाकोटीले बताउनुभयो ।
उद्योग मन्त्रालयका सहसचिव पुरुषोतम नेपालले मुलुक राजनीतिक मुद्दाबाट आर्थिक मुद्दामा गएको बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ अन्तर्गतको केन्द्रीय महिला समितिका अध्यक्ष रोशनी उपााध्यायले उद्यमीलाई आत्मनिर्भर बनाउने कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *