भर्खरै :

द्वन्द्वग्रस्त सिरियाका सैनिक अस्पतालमा क्युवालीहरु

हालै सिरियाका लागि क्युवाली राजदुतावासको एक प्रतिनिधिमण्डलले सिरियाको राजधानी दमास्कसनजिक रहेको मिज्जेहस्थित युसेफ अजमेह सैनिक अस्पतालको भ्रमण गरेको छ ।
अस्पतालका निर्देशक बिग्रडियर जनरल घसान हादादले पश्चिमा नाकाबन्दीबीच पनि सिरियाका सैनिक अस्पतालहरुले चुस्तताका साथ काम गरिरहेको जानकारी दिए । उनले सन् २०१३ देखि २०१५ को बीचमा युसेफ अजमेह सैनिक अस्पतालले थुप्रै संख्यामा घाइते जनताको उपचार गरेको जानकारी दिए । दमास्कस वरपर आतंकवादी समूहहरुले गरेको रसायनिक तथा प्राणघातक ग्यास हमलाले घाइते भएका सात जना सैनिकहरुको पनि अस्पतालमा उपचार गरिएको उनको भनाई थियो ।सिरिया र क्युवा साम्राज्यवाद र यहुदीवादविरोधी लडाईका क्रममा एउटै डुंगामा
‘सिरियालीहरुको लागि त यो दोस्रो विश्वयुद्ध नै हो’, लण्डनको केरिङ क्रस अस्तपालमा चार वर्षको मेडिकल तालिम प्राप्त हादादले भने । अत्याधुनिक हातहतियारका वम र गोलीले हाड छाला ध्वस्त भएका धेरै संख्याका युवाहरुको अवस्था देखेर आफू हतास भएको अनुभव उनले सुनाए ।

‘सिरियालीहरुको लागि त यो दोस्रो विश्वयुद्ध नै हो’

उनले अली इब्राहिम नामका एक जना बीस वर्षका युवालाई सम्झे । भीषण लडाई चल्दै गरेको समयमा अली र उनका सात जना सैनिक साथीहरु मिलेर दमास्कसको एउटा भवनमा वम निस्फल बनाउने प्रयास गरेका थिए । तर त्यो वम विस्फोट भयो । एक जनाको ज्यान गयो भने बाँकी सबै घाइते भए ।
युसुफ अजमेह अस्पतालमा क्युवाली प्रतिनिधिहरुले चिकित्सकहरुका साथै घाइतेहरुलाई पनि भेटेका थिए । घाइतेहरुमा दमास्कस नजिकै इन तार्मामा हालै भएको लडाईमा घाइते भएका २५ जना सैनिकहरु पनि थिए ।
हदादले सो क्रममा सिरिया र क्युवा साम्राज्यवाद र यहुदीवादविरोधी लडाईका क्रममा एउटै डुंगामा रहेको धारणा व्यक्त गरे ।
संसारको सबभन्दा राम्रो स्वास्थ्य उपचार प्रणालीको लागि क्युवा चर्चित छ । सो प्रणालीअन्तर्गत उच्चस्तरका चिकित्सकहरु काम गर्छन् । उनीहरु सबै तालिमप्राप्त छन् र रोग लाग्नै नदिने कार्यक्रमका ज्ञाता छन् । क्युवाको अन्तर्राष्ट्रयवादी मेडिकल कार्यक्रमअन्तर्गत क्युवा सरकारले मेडिकल कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । सो कार्यक्रमअन्तर्गत प्रकोपमा राहत र रोग नियन्त्रण रहेका छन् । सो कार्यक्रमले संसारका धेरै देश र जनताले लाभ हासिल गरिसकेका छन् ।
संरा अमेरिकाले दशकौंदेखि थोपरेको नाकाबन्दीबीच पनि समाजवादी बन्दोबस्तमा चलेको क्युवाली टापुले हजारौं संख्यामा चिकित्सक र स्वास्थ्यकर्मीहरु विदेशमा सेवाका लागि परिचालन गर्दै आएको छ । संसारभर विभिन्न देशका ८० हजार चिकित्सकहरुलाई क्युवाले निःशुल्क रुपमा तालिम दिइसकेको छ ।
https://videosenglish.telesurtv.net/video/616198/cuba-trains-80000-international-doctors-for-free/

Leave a Reply

Your email address will not be published. Required fields are marked *