भर्खरै :

देखिने भो फेरी पाँचतल्ले मन्दिरको छायाँ

भक्तपुर, ३१ असार । भक्तपुरको इनाचो नजिकै रहेको खँचा पोखरी स्थानीयले सरसफाई गरेका छन् । प्रसिद्ध पाँचतल्ले मन्दिरको छाँया देखिने पोखरीको रुपमा चिनिएको सो पोखरी विगत केही समयदेखि सरसफाईको अभावले घाँसभित्र हराएको थियो । ‘आफ्नो ठाउँ आफैले सफा गरौं ।’ भन्ने भावना अनुरुप पोखरीको सरसफाई गरिएको स्थानीय बताउँछन् ।
स्थानीयको अगुवाईमा भएको सरसफाई विद्यार्थी, विभिन्न संस्था र स्काउट टोलीहरुले पनि साथ दिएका छन् । सरसफाईमा स्थानीय किसान, युवा, महिलाको व्यापक जनसहभागिता रहेको छि भने नेपाल क्रान्तिकारी विद्यार्थी संघ, निओ फ्युजन स्कुल अफ कम्प्युटर र विभिन्न स्काउट टोलीहरुको पनि सहभागीता जनाएका छन् । सरसफाईपछि पोखरीमा फेरि पनि प्रसिद्ध पाँचतल्ले मन्दिरको प्रतिविम्ब हेर्न पाइनेमा स्थानीयवासी आशावादी छन् ।
सरसफाई हुनु अगाडी खँचा पोखरी

सरसफाई अभियानमा स्थानीय, युवा, विद्यार्थी र स्काउट टोलीहरु




 

Leave a Reply

Your email address will not be published. Required fields are marked *