भर्खरै :

गोकुल जोशीको मूर्ति तयार

काठमाडौँ, ४ साउन । मूर्तिकार रामकृष्ण भण्डारीले जनकवि गोकुल जोशीको प्रस्तरको मूर्ति तयार गर्नुभएको छ ।
उहाँले साढे दुई फिट उचाइको अर्धकदको सो मूर्ति गोकुल जोशी स्मृति उद्यान निर्माण समिति, राईपुर तनहुँका लागि करिब एक महिनामा बनाउनुभएको हो । जोशीको मूर्ति शुक्लागण्डकी नगरपालिका–११ राईपुरमा छिट्टै राख्नका लागि स्तम्भ निर्माण भइरहेको समितिका अध्यक्ष लोकनाथ पोखरेलले जानकारी दिनुभयो ।
विसं १९८६ मा गरिब परिवारमा जन्मनुभएका प्रगतिशील साहित्यकार जोशीले देशवासीलाई गीतमार्फत जनचेतना अभिवृद्धिमा लाग्नुभएको थियो ।
‘भोकभोकै मर्न लागे कवि कलाकार’
‘तड्पाएर नमारिदेऊ झुण्ड्याएर मार’ उहाँको प्रसिद्ध गीति अंश हो । प्रगतिशील लेखक सङ्घका संस्थापक सदस्य जोशीका ‘नेपालको भविष्य ’(२०११), ‘बाँच र बाँच्न देऊ’(२०१४), ‘सिमानाको दीप’, ‘नवप्रभात’(२०१५) गीति सङ्ग्रह र ‘दुर्घटना’ कथा सङ्ग्रह प्रकाशित छन् । यसअघि जोशीको शालिक घैलाडुब्बा, झापामा स्थापना गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *