भर्खरै :

आदर्श आजाद कप रनिङ शिल्ड फुटसल सम्पन्न

भक्तपुर, साउन १२ । आदर्श आजाद माध्यमिक विद्यालय तथा कलेजको आयोजनामा साउन ११ र १२ गते भएको आदर्श आजाद कप रनिङ शिल्ड फुटसल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । आदर्श आजाद प्राध्यापक टिम र शिक्षाशास्त्र १२ घ बीच भएको दोस्रो सेमिफाइनल खेलमा शिक्षाशास्त्र १२ घ ले ५–२ गोलअन्तर बनाई फाइनलमा प्रवेश गर्न सफल भयो । सोही दिन भएको फाइनल खेलमा शिक्षाशास्त्र १२ बीले शिक्षाशास्त्र १२ द्य लाई ६–२ ले पराजित गरी आदर्श आजाद कप उचाल्न सफल भएको छ । फाइनल खेलपछि भएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापहरुमा सक्रिय सहभागी भएकोमा खुशी व्यक्त गर्नुभयो ।
विद्यालयका प्राचार्य श्रीकृष्ण किसीले आदर्श आजाद कप रनिङ शिल्ड फुटसल प्रतियोगिताले शिक्षक विद्यार्थीहरुबीच एकापसमा आत्मियता भाईचारा विकास भएको विचार व्यक्त गर्दै भविष्यमा यस्तै प्रतियोगिताहरु आयोजना गर्न हौसला बढेको समेत बताउनुभयो ।
कार्यक्रममा सह–प्राचार्य चक्रबहादुर चाकतु, डा.पुरुषोत्तम लोचन श्रेष्ठ, शिक्षकहरु प्रेमजन थापा र राकेश सुकुपायोले समेत बोल्नुभयो । फुटसल खेल आदर्श आजाद मा.वि.तथा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका विद्यार्थीहरुबीच भएको हो । आजै विजयी उपविजयी तथा सहभागी टिमका खेलाडीहरुलाई प्रमुख अतिथि विश्वराम कवांले मेडल तथा शिल्ड र प्रशंसा पत्र वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *