भर्खरै :

पत्रकार नेपालको ‘नागबेली’ सार्वजनिक

काठमाडौँ, १४ साउन । पत्रकार चक्रपाणि नेपालले लेख्नुभएको ‘नागबेली’ नामक पुस्तक आजदेखि बजारमा आएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तकको लोकार्पण गर्नुभयो ।
सो अवसरमा उहाँले उक्त पुस्तकबाट युवाहरु लाभान्वित हुने बताउँदै विदेशी सञ्चार तथा टेलिभिजनको आगमनबाट युवाहरुमा पुस्तक पढ्ने बानी हट्दै गएकोमा यस्ता पुस्तकबाट पुस्तक पढ्ने बानीमा विकास हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले देशको विकासका लागि युवाहरुलाई सकारात्मक सोचको विकास गर्नुपर्ने बताउँदै उक्त पुस्तक युवाका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो ।
सञ्चारकर्मी बविता बस्नेत, संस्कृतिविद् रमेश ढुंगेल, लेखक चक्रपाणि नेपाल र डा चन्द्रमणि भण्डारीले पनि बोल्नुभएको थियो ।
बीस अध्यायमा विभाजित उक्त पुस्तकमा लेखकको स्थलगत भ्रमण, यात्रा संस्मरण, संस्कृति तथा समाजका समस्याहरु खोटो सिक्का, खानेपानीको समस्या आदि शीर्षकमा समावेश गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *