भर्खरै :

स्वास्थ्य सुरक्षा बीमा सम्झौता

भक्तपुर, १७ साउन । नेपाल सरकारको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) सम्बन्धी भक्तपुर जिल्लामा रहेका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूसँग सेवा सम्झौता कार्यक्रम सिद्धि स्मृति अस्पतालमा एक कार्यक्रमबीच सम्पन्न भयो ।
२०७४ भदौ १ गतेदेखि लागू हुने स्वास्थ्य बीमाअन्तर्गत भक्तपुर जिल्लामा रहेका सेवा प्रदायक संस्थाहरू भक्तपुर अस्पताल, जनस्वास्थ्य सेवा केन्द्र, मानव अङ्ग प्रत्यारोपन केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, सिद्धि स्मृति अस्पताल, कोरिया मैत्री अस्पताल, दधिकोट स्वास्थ्य चौकी र चाँगुनारायण स्वास्थ्य चौकीका अध्यक्ष, प्रमुख र इन्चार्जहरूको उपस्थितिमा सम्झौता सम्पन्न सो कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य बीमाले जनताको आधारभूत स्वास्थ्य सेवाहरू पूरा गर्ने भएकोले यसको सफलताको लागि सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले पनि जनस्वास्थ्य सेवा केन्द्रलाई स्तरोन्नति गरी २५ शैय्याको अस्पताल सञ्चालनको प्रक्रियालाई अगाडि बढाएको र घरदैलो स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्थाको लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
सामाजिक स्वास्थ्य सुरक्षा समिति, भक्तपुरका अध्यक्ष ध्रुवप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूले आ–आफ्नो राय सुझाव व्यक्त गर्नुभयो ।
सामाजिक स्वास्थ्य स्वास्थ्य सुरक्षा समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले स्वास्थ्य बीमासम्बन्धी अभिमुखीकरण गराउँदै सेवा प्रदायक संस्थाका कर्मचारीहरूलाई बीमा व्यवस्थापन सूचना प्रणालीसम्बन्धी दुईदिने तालिम कार्यक्रम पनि सञ्चालन हुने जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *