भर्खरै :

विज्ञताका कथा सार्वजनिक

काठमाडौँ, २४ साउन । बाल साहित्यकार विज्ञता कार्कीको कथा संग्रह ‘विज्ञताज् स्टोरिज्’ यहाँ आज सार्वजनिक गरियो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले सो पुस्तकको विमोचन गर्नुभयो । वक्ताहरुले कलिलो उमेरदेखि साहित्य र सिर्जनामा लागेकी कार्कीले अंग्रेजी भाषामा सो पुस्तक ल्याउन सकेकामा प्रशंसा गर्नुभयो ।
विज्ञताको १६औँ जन्मदिनका अवसरमा तरेली साहित्यिक प्रतिष्ठानले सो पुस्तक विमोचन आयोजना गरेको हो । पुस्तकमा सात वटा कथा छन् । हाल एम्बिसन एकेडेमीमा कक्षा १० मा अध्ययनरत विज्ञता साहित्यकारद्वय विनोद मञ्जन र गायत्री विष्टकी छोरी हुन् । उनको यसअघि ‘चित्रभित्र लुकेका शब्द’ र चित्र उपन्यास ‘यात्री’ प्रकाशित छन् ।
कार्यक्रममा तरेली सम्मान बालचन्द्र श्रेष्ठ ‘प्रवाह’ लाई प्रदान गरियो भने ‘मसी सिर्जना पुरस्कार’ पत्रकार महेश थापा र ‘मसी सिर्जना आमा सम्मान’ साहित्यकार सुशीला प्रधानाङ्गलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु १० हजार छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *