भर्खरै :

स्वतन्त्रता दिवसको दिन भारतमा बलात्कार

भारतले आफ्नो स्वतन्त्रताको ७० औं वर्षगाँठ मनाउँदै गर्दा गएको मंगलबार एक जना १२ वर्षकी किशोरी त्यही दिन बलात्कृत भएकी छिन् । उत्तरी भारतको चण्डीगढमा कक्षा ८ मा अध्ययनरत एक किशोरी आफ्नो विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएकी स्थानीय प्रहरीले जनाएको छ ।
उनी आफ्नो विद्यालयमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा समयमै पुग्न छोटो बाटो जाने क्रममा बलात्कृत भएकी हुन् ।
प्रहरीका अनुसार बलात्कृत किशोरीलाई बलात्कारीले बाल ट्राफिक पार्कभित्र रोकेर नजिकै तानेर लगेर बलात्कार गरेका हुन् ।
किशोरीलाई बलात्कारीले चाकु देखाएर तानेर लगेका थिए ।
स्वतन्त्रता दिवसको बिदा भएकाले त्यो दिन बाटोमा गाडीको त्यत्ति आवतजावत थिएन । त्यही मौकामा बलात्कारीले किशोरीमाथि बलात्कार गरेको स्रोतको भनाई छ । किशोरीलाई स्थानीय एक अस्पतालमा स्वास्थ्य परीक्षण र उपचारको लागि लगिएको छ ।
आफूमाथिको यौन दुव्र्यवहार किशोरीले आफ्ना आमाबुवालाई बताए पश्चात उनीहरुले यो घटना प्रहरीको पु¥याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *